अर्थमन्त्री डा. वाग्लेको प्रमुख आतिथ्यतामा नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न

माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूको प्रमुख आतिथ्यतामा भारतको नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न भएको छ। कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग एवं इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री महामहिम जितिन प्रसादज्यू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठज्यू, भारतीय उद्योग महासंघका उपाध्यक्ष डा। विक्रमजित सिंह सहनीज्यू, लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्ग्की युक्याव शेर्पाज्यू लगायत दुवै देशका उच्च अधिकारी तथा उद्योगी–व्यवसायीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेज्यूले सुशासन र आर्थिक सुधारमार्फत दिगो विकास हासिल गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो। ऊर्जा, पर्यटन, कृषि, उत्पादन र डिजिटल अर्थतन्त्रमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै उहाँले यातायात र सूचना प्रविधिमा भारतले हासिल गरेको सफलताबाट सिकेर सहकार्य गर्न नेपाल इच्छुक रहेको बताउनुभयो। साथै, उहाँले भारतीय लगानीकर्ताहरूलाई नेपाली निजी क्षेत्रसँग मिलेर उत्पादन र रोजगारीमूलक उद्योगमा लगानी विस्तार गर्न आग्रह गर्नुभयो।
यस्तै, भारतीय राज्यमन्त्री जितिन प्रसादज्यूले पर्यटन, ऊर्जा, व्यापार र लगानी लगायतका पारस्परिक लाभका क्षेत्रमा साझेदारी अभिवृद्धि गर्दै द्विपक्षीय आर्थिक सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा दुवै देशका व्यवसायीहरूले लगानीका सम्भावनाबारे धारणा राख्नु भएको थियो भने विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य र आर्थिक साझेदारी बढाउने उद्देश्यले समझदारी पत्रहरूमा समेत हस्ताक्षर भएको छ।
Images 3
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesसम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ। उहाँ भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीज्यूको मैत्रीपूर्ण निमन्त्रणामा आज…
New
नापजाँच भएको ११ वर्षपछि महोत्तरीका २४० स्ववासी परिवारले पाए लालपुर्जा
काठमाडौँ। महोत्तरीको सम्सी गाँउपालिका वडा नं ५ (साविक पोखरीभिन्दा संग्रमपुर वडा नं १,२,३,४,५,६,७,८ र ९) का २४० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी…
नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
काठमाडौँ, ४ मङ्सिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा गुणस्तरमा सुधार हुन नसकेको बारे मन्त्रालयमा गुनासो आउने गरेको उल्लेख गर्नुहुँदै नेटवर्क…

वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा श्रम शोषण नियन्त्रण गर्न गृह मन्त्रालयद्वारा विशेष कार्यदल गठन, आजैदेखि कार्य प्रारम्भ
काठमाडौँ। वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने क्रममा नेपाली नागरिकमाथि भइरहेको ठगी र श्रम शोषण निर्मूल पार्न तथा त्यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा…
बाढीपीडितलाई राहत वितरण र पुनस्र्थापनाको काममा तीव्रता दिन सञ्चारमन्त्री डा तिमिल्सिनाको आग्रह
काठमाडौँ, ४ मङ्सिर : नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा भोटेकोशी बाढी प्रभावितको राहत वितरण तथा पुनःस्थापनाको…

जलवायु सङ्कट न्यूनीकरण र हिमाल–महासागर संरक्षणमा नेपाल र भानुआटुबीच सहकार्य गर्ने सहमति
नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता…



Comments 0
No comments yet. Start a respectful conversation.