सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ। उहाँ भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीज्यूको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो।
प्रधानमन्त्री शाहज्यूको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उप-संयोजक विनय शाक्य हुनुहुन्छ। यसका साथै टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका ३ जना प्रतिनिधिहरूसहित कुल ३५ जना सदस्य सहभागी हुनुहुन्छ।
भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्री शाहज्यूले भारतका राष्ट्रपति महामहिम श्रीमती द्रौपदी मुर्मूज्यूसँग शिष्टाचार भेट गर्नुहुनेछ। साथै, भारतीय समकक्षी महामहिम नरेन्द्र मोदीज्यूसँग भोली मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका रहेको छ।
भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्।
भ्रमणको पहिलो दिन आज सम्माननीय प्रधानमन्त्री शाहज्यूसँग भारतीय विदेशमन्त्री महामहिम डा. एस. जयशंकरले शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ। यस्तै, भोलि सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम तय भएको छ।
सम्माननीय प्रधानमन्त्रीज्यू भ्रमण सम्पन्न गरी यही मंसिर ७ गते साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनुहुने तालिका छ।
भ्रमण टोली नेपाल फर्किएपछि माननीय परराष्ट्रमन्त्री शिशिर खनालज्यूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलन गर्नुहुनेछ
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
नापजाँच भएको ११ वर्षपछि महोत्तरीका २४० स्ववासी परिवारले पाए लालपुर्जा
काठमाडौँ। महोत्तरीको सम्सी गाँउपालिका वडा नं ५ (साविक पोखरीभिन्दा संग्रमपुर वडा नं १,२,३,४,५,६,७,८ र ९) का २४० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी…
Newनेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
काठमाडौँ, ४ मङ्सिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा गुणस्तरमा सुधार हुन नसकेको बारे मन्त्रालयमा गुनासो आउने गरेको उल्लेख गर्नुहुँदै नेटवर्क…
New
वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा श्रम शोषण नियन्त्रण गर्न गृह मन्त्रालयद्वारा विशेष कार्यदल गठन, आजैदेखि कार्य प्रारम्भ
काठमाडौँ। वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने क्रममा नेपाली नागरिकमाथि भइरहेको ठगी र श्रम शोषण निर्मूल पार्न तथा त्यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा…
Newबाढीपीडितलाई राहत वितरण र पुनस्र्थापनाको काममा तीव्रता दिन सञ्चारमन्त्री डा तिमिल्सिनाको आग्रह
काठमाडौँ, ४ मङ्सिर : नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा भोटेकोशी बाढी प्रभावितको राहत वितरण तथा पुनःस्थापनाको…
New
जलवायु सङ्कट न्यूनीकरण र हिमाल–महासागर संरक्षणमा नेपाल र भानुआटुबीच सहकार्य गर्ने सहमति
नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता…

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना
काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ताले…
Comments 0
No comments yet. Start a respectful conversation.