प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
नयाँ दिल्ली- भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुनेभएको छ ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ः०० बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटवार्तापछि महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने जनाइएको छ । आजै प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा केही आयोजना उद्घाटन गर्नुहुने छ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने छ । यस्तै, प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनुहुनेछ । यस्तै, प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । त्यसअघि आज बिहान प्रधानमन्त्री शाह राजघाट पुगी महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुहुने छ ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्च पदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी हुनुहुन्छ ।
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमण पूरा गरी आजै स्वदेश फर्कने कार्यतालिका छ ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesहिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनना
देशका केही हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली रहने र उच्च हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार…
New
अर्थमन्त्री डा. वाग्लेको प्रमुख आतिथ्यतामा नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न
माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूको प्रमुख आतिथ्यतामा भारतको नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न भएको छ। कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग एवं…
New 3 imagesसम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ। उहाँ भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीज्यूको मैत्रीपूर्ण निमन्त्रणामा आज…
New
नापजाँच भएको ११ वर्षपछि महोत्तरीका २४० स्ववासी परिवारले पाए लालपुर्जा
काठमाडौँ। महोत्तरीको सम्सी गाँउपालिका वडा नं ५ (साविक पोखरीभिन्दा संग्रमपुर वडा नं १,२,३,४,५,६,७,८ र ९) का २४० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी…
नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
काठमाडौँ, ४ मङ्सिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा गुणस्तरमा सुधार हुन नसकेको बारे मन्त्रालयमा गुनासो आउने गरेको उल्लेख गर्नुहुँदै नेटवर्क…

वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा श्रम शोषण नियन्त्रण गर्न गृह मन्त्रालयद्वारा विशेष कार्यदल गठन, आजैदेखि कार्य प्रारम्भ
काठमाडौँ। वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने क्रममा नेपाली नागरिकमाथि भइरहेको ठगी र श्रम शोषण निर्मूल पार्न तथा त्यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा…
Comments 0
No comments yet. Start a respectful conversation.