डिजिटल अधिकार र डेटा सुरक्षाबारे कानून मन्त्रालयमा युवाहरूसँग अन्तरक्रिया

२०८३ असोज २० (2026 October 6)
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज Youth Advocates for Digital Rights Cohort 2026 का सहभागीहरूसँग डिजिटल अधिकार, डेटा सुरक्षा, साइबर सुरक्षा, कृत्रिम बौद्धिकता (AI), डिजिटल समावेशिता तथा कानून निर्माणमा युवाको सहभागिता लगायतका विषयमा अन्तरक्रिया सम्पन्न भयो।
कार्यक्रममा सहभागीहरूले नेपालको डिजिटल डेटा नीति, डिजिटल अधिकार तथा मानव अधिकारसँगको अन्तर सम्बन्ध लगायतका विषयमा प्रस्तुतीकरण गर्दै डेटा संरक्षणका लागि छुट्टै कानूनको आवश्यकता, स्वतन्त्र नियामक निकायको व्यवस्था, गोपनीयता तथा साइबर सुरक्षाको सुनिश्चितता, इन्टरनेटमा पहुँचको विस्तार र डिजिटल प्लेटफर्महरूको जवाफदेहिता लगायतका विषयमा सुझावहरू प्रस्तुत गर्नुभयो।
छलफलका क्रममा कानून निर्माणको प्रक्रिया, डिजिटल प्रविधि सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र कानून निर्माणमा युवाको अर्थपूर्ण सहभागिताका विषयमा विचार विमर्श तथा अनुभव आदान प्रदान समेत भयो।
Images 2
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesनेपाल कोर एफएचआईआर कार्यान्वयन निर्देशिका स्वीकृत
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल कोर एफएचआईआर कार्यान्वयन निर्देशिका (NP Core FHIR Implementation Guide) को संस्करण १.०.० स्वीकृत गरी लागू गरेको छ। निर्देशिकाले…
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ Link: www.moljpa.gov.np/public/uploads/विपद्सम्बन्धी%20केही%20नेपाल%20ऐनलाई%20संशोधन%20गर्ने%20अध्यादेश,%20२०८३-1.pdf
1 PDF
कानूनमन्त्री र मलेसियाली कार्यवाहक राजदूतबीच शिष्टाचार भेटवार्ता
२०८३ असोज १५ (2026 October 1) माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री सोविता गौतमज्यूसँग नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत Mr. Mohd Firdaus bin Azman ले बिहीबार…
2 images
कानून मन्त्रालयको आयोजनामा पूर्वाधार मन्त्रालय, उद्योग मन्त्रालय तथा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसॅग छलफल सम्पन्न
२०८३ असोज १४ (2026 September 30) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा पूर्वाधार मन्त्रालय, उद्योग मन्त्रालय तथा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसॅग…
3 imagesनेपाल कोर एफ.एच.आई.आर कार्यान्वयन निर्देशिका (NP Core FHIR Implementation Guide) सम्बन्धमा ।
यस मन्त्रालयबाट मिति २०८३/०६/२० को (मन्त्रीस्तरीय) निर्णयानुसार "नेपाल कोर एफ.एच.आई.आर. कार्यान्वयन निर्देशिका (NP Core FHIR Implementation Guide), संस्करण १.०.०" स्वीकृत भई लागू…
1 PDFभूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३
भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ Link: www.moljpa.gov.np/public/uploads/भूमि%20सम्बन्धी%20केही%20नेपाल%20ऐन%20संशोधन%20गर्ने%20अध्यादेश,%20२०८३-1.pdf
1 PDF


Comments 0
No comments yet. Start a respectful conversation.