
नेपालको रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । सम्बन्धित तालहरू सँगसँगै, गोसाइकुण्ड ताल परिसरको आकार १,०३० हेक्टर छ। यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक वनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ । साथमा यात्रामा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्छन् । गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको छ । यस ताललाई सन् २००७ सेप्टेम्बरमा रामसार क्षेत्र भित्र समावेश गरिएको छ ।
मुख्य तथ्यहरू
नजिकका ठाउँहरू
- थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाइट ३११ — 5 km
- खोकना — 7 km
- बागमती अञ्चल — 9 km
- रसुवा जिल्ला — 12 km
- धुन्चे — 13 km
- लाङ्टाङ राष्ट्रिय निकुञ्ज — 17 km
स्रोतहरू
- Wikipedia (English): Gosaikunda · CC BY-SA 4.0
- Wikipedia (Nepali): गोसाइँकुण्ड · CC BY-SA 4.0
- Wikidata item Q2565308 · CC0 1.0
- Image: The Holy Gosainkunda Lake during the winter. (By Saroj Pandey).jpg by Saroj Pandey (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गोसाइँकुण्ड". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/gosaikunda?lang=ne. Retrieved 21 October 2026.