DigiNepal
बागलुङ
Bkasthapa · CC BY-SA 4.0

बागलुङ

Baglung

बागलुङ जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

बागलुङ नेपालको गण्डकी प्रदेशको बागलुङ जिल्लामा अवस्थित एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। वि.सं. २०५३ साल माघ ११ गते यस जिल्लाको पूर्वी क्षेत्र कालीगण्डकी नदीको तटवर्ती इलाकामा रहेका तत्कालिन कालिका, मूलपानी र लहरेपिपल गाविसलाई समायोजन गरि यसलाई नगरपालिका घोषणा गरिएको थियो। वि.सं. २०५४ सालको स्थानीय निर्वाचनबाट यो नगरपालिकाले आफ्नो कार्य थालेको थियो। यो नगरपालिका काठमाडौँदेखि पश्चिम २७२ किलोमिटर दुरीमा रहेको यो नगरपालिकाको स्थापना समयमा १९.२३ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको थियो। वि.सं. २०७३ मा स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकको बागलुङ नगरपालिका र साविकका मालिका, पाला गाविसको वडा नं. ६ देखि ९ सम्म, सिँगाना गाविसका वडा नं. १ देखि ५ र ७ देखि ९ सम्म, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैयुँपाटा र नारायणस्थान गाउँ विकास समितिहरूलाई समेटेर बागलुङ नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। यस नगरपालिकाको कुल जनसङ्ख्या ५७,८२३ रहेको छ भने यसको क्षेत्रफल ९८.०१ वर्गकिलोमिटर रहेको छ। यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा पर्वत जिल्ला, पश्चिममा काठेखोला गाउँपालिका, उत्तरमा म्याग्दी जिल्ला तथा दक्षिणमा जैमिनी नगरपालिकासम्म फैलिएको छ।बागलुङ नगरपालिका कालीगण्डकी नदी र किनारमा पाइने शालीग्रामको लागि प्रसिद्ध रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू wd
अवस्थिति
बागलुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
जनसंख्या
29,360 wd
क्षेत्रफल
98.01 km² wd
उचाइ
1,020 m wd
आधिकारिक वेबसाइट
baglungmun.gov.np wd
निर्देशाङ्क
28.2667° N, 83.6000° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Baglung · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बागलुङ · CC BY-SA 4.0
  3. Wikidata item Q1659597 · CC0 1.0
  4. Image: Baglung Bazar as seen from hill.jpg by Bkasthapa (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बागलुङ". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/baglung?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बागलुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Baglung Bazar as seen from hill.jpg — Bkasthapa, CC BY-SA 4.0.

← ठाउँहरू