DigiNepal
दीनानाथ शर्मा
Krish Dulal · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

दीनानाथ शर्मा

Dina Nath Sharma

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

दीनानाथ शर्मा बाग्लुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने माओवादी सभासद् तथाएकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को केन्द्रीय सदस्य तथा प्रवक्ता पनि हुनुहुन्छ। शर्मा ०२३ देखि वाम राजनीतिमा लाग्नुभएको थियो। लामो सयमसम्म मोहनविक्रम सिंहको मसालमा रहनुभएका शर्मा मसालको प्रवक्ताको रूपमा पनि लामो समयसम्म काम गर्नुभयो। ०४२ बैशाख २ देखि भूमिगत राजनीतिमा होमिनुभएका शर्माले ०४६ चैत २७ सम्म भूमिगत राजनीति जीवन बिताउनुभएको थियो। दीनानाथ शर्मा जनयुद्धको उत्कर्षतिर मोहनविक्रम सिंहलाई छाडेर माओवादीमा प्रवेश गर्नुभएको थियो। लामो समयसम्म माओवादीको प्रवासमा काम गर्नुभएका शर्मा अन्तरिम व्यवस्थापिकामा माओवादी दलको प्रमुख सचेतक हुनुभएको थियो। १८ वर्षसम्म शिक्षण पेशा गर्नुभएका शर्मा प्रधानमन्त्री डा बाबुराम भट्टराईको मन्त्रिमण्डलमा शिक्षामन्त्री हुनुभयो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
बागलुङ wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
Communist Party of Nepal (Masal) wd
आधिकारिक वेबसाइट
dnsharma.com wd

स्रोतहरू

  1. Wikipedia (English): Dina Nath Sharma · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दीनानाथ शर्मा · CC BY-SA 4.0
  3. Wikidata item Q1783953 · CC0 1.0
  4. Image: Dinanath Sharma.jpg by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दीनानाथ शर्मा". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/dina-nath-sharma?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दीनानाथ शर्मा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dinanath Sharma.jpg — Krish Dulal, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व