
उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष हुन्। उनी पहिले मधेस समर्थक दल मधेसी जनअधिकार फोरम नेपालका संस्थापक संयोजक थिए। शीर्ष मधेसी नेता यादवको जन्म वि.सं. २०१६ सालमा सप्तरी जिल्लाको भागवतपुरमा भएको हो। उनी धनीलाल यादव र फुलनीदेवी यादवका कान्छा छोरा हुन्। उनको दाजु डम्बर यादव खेती-किसानीमा संलग्न थिए। उनको बाल्यकाल सप्तरी जिल्लाको मधुवनमा बित्यो। अहिले त्यो ठाउँ सुनसरी जिल्लामा पर्छ। मधुवनको मोहन नि.मा.वि.मा उनले प्रारम्भिक शिक्षा प्राप्त गरे। त्यसपछि जनता मा.वि. मधुवन र वनदहवाकट्टी हाइस्कूल सप्तरीमा माध्यमिक शिक्षा लिए। वि.सं. २०३२ सालमा एसएलसी उत्तीर्ण गरेपछि यादव धरानको हात्तीसार क्याम्पस भर्ना भए। त्यहाँबाट आईएस्सी गरेपछि उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट स्नातक तह र स्नातकोत्तर गरेका हुन्।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- Minister of Law, Justice and Parliamentary Affairs (21 नोभेम्बर 2019 – 24 डिसेम्बर 2019)
- उपप्रधानमन्त्री (1 जुन 2018 – 24 डिसेम्बर 2019)
सम्हालेका पदहरू wd
- कानून, न्याय तथा संसदीय मामिला मन्त्री (21 नोभेम्बर 2019 – 24 डिसेम्बर 2019)
- नेपालको उपप्रधानमन्त्री (1 जुन 2018 – 24 डिसेम्बर 2019)
- Minister of Health and Population (1 जुन 2018 – 20 नोभेम्बर 2019)
- Member of the House of Representatives of Nepal (4 मार्च 2018 – 18 सेप्टेम्बर 2022)
- परराष्ट्र मन्त्री (नेपाल) (4 मे 2011 – 29 अगस्ट 2011)
- परराष्ट्र मन्त्री (नेपाल) (28 अगस्ट 2008 – 25 मे 2009)
- संविधानसभा सदस्य (28 मे 2008 – 14 अक्टोबर 2017)
स्रोतहरू
- Wikipedia (English): Upendra Yadav · CC BY-SA 4.0
- Wikipedia (Nepali): उपेन्द्र यादव · CC BY-SA 4.0
- Wikidata item Q3109312 · CC0 1.0
- Image: Upendra Yadav at Rajbiraj (cropped).jpg by Biplab Anand (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"उपेन्द्र यादव". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/upendra-yadav?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्