तिलक परियार नेपालको कर्णाली प्रदेश का प्रदेश प्रमुख हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।
मुख्य तथ्यहरू
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
परिचय
तत्कालीन एकीकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बाँके १ बाट विजयी संविधानसभा सदस्य तिलक परियार 'हिम्मत' रोल्पा लिबाङमा जन्मेका हुन् । परियार माओवादीनिकट दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा माओवादीका केन्द्रीय सल्लाहकारसमेत थिए ।
स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका परियारले लामो समय भारतमा बसेर पनि पार्टीको काम गरे । भारतबाट नेपाल आएपछि बाँकेमै बसाइ सराइ गरेका परियार जनयुद्धको बेला बाँके वरपर नै खटेका थिए । २०२८ सालदेखि राजनीतिमा लागेका परियार विपन्न दलित परिवारमा जन्मेका थिए । फुर्सदको बेला लेखन र अध्ययनमै बिताउन चाहने परियार माओवादीका पुराना नेतामा राम्रो भाषण गर्नेमध्येमा गनिन्छन् । परियार अन्तरिम व्यवस्थापिकाको सदस्य समेत थिए ।
स्रोतहरू
- Wikipedia (English): Tilak Pariyar · CC BY-SA 4.0
- Wikipedia (Nepali): तिलक परियार · CC BY-SA 4.0
- Wikidata item Q19678728 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तिलक परियार". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/tilak-pariyar?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्