DigiNepal

रामचरण चौधरी

Ramcharan Chaudhari

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

जनताको परिवर्तन प्रतिको चाहना र एकिकृत नेकपा माओवादीले लिएको सही राजनीतिक विचारधारा नै आफ्नो विजयको कारण भएको रामचरण चौधरी बताउनहुन्छ। बर्दीया ४बाट विजयी माओवादी सभासद् चौधरी बर्दीयाका पुराना माओवादी नेता हुनुहुन्छ। सागर उपनामले चिनिने चौधरीको जन्म २०१४ बैशाखमा बर्दीया पाटाभार ५ जनकनगरमा भएको हो। किसान परिवारमा जन्मेका चौधरी सामान्य साक्षर मात्र हुनुहुन्छ।२०३७ साल देखि राजनीतिमा लागेका चौधरी, थारु समुदायबाट माओवादीमा केन्द्रीय सदस्य बन्ने पहिलो व्यक्ति हुनुहुन्छ। थारु राष्टिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष समेत रहेका चौधरी थारुहट राज्य समितिको सेक्रेटरी पनि हुनुहुन्छ। बर्दीया, कन्चनपुर, बाँकेलगायतका जिल्लामा काम गरेका चौधरी थारु भेगका लोकप्रिय नेताको रूपमा चिनिनुहुन्छ। संविधानसभामा पिछडिएका जाती र क्षेत्रको पक्षमा आवाज उठाउने चौधरी बताउनुहुन्छ।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिष्ट पार्टी wd

सम्हालेका पदहरू wd

  • संविधानसभा सदस्य
  • नेपालको संसदको सदस्य

स्रोतहरू

  1. Wikipedia (English): Ramcharan Chaudhari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रामचरण चौधरी · CC BY-SA 4.0
  3. Wikidata item Q7289297 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रामचरण चौधरी". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/ramcharan-chaudhari?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रामचरण चौधरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व