कुलबहादुर गुरुङ नेपाली राजनीतिज्ञ तथा प्रजातन्त्र सेनानी हुन्। अहिले उनी नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य छन्। यस अघि उनी कांग्रेसको महामन्त्री थिए। गुरुङ २००७ सालदेखि राजनीतिमा संलग्न रहँदै आएका छन्। पहिलो संविधानसभा निर्वाचन २०६४ मा उनी इलाम क्षेत्र नं. ३बाट नेपाली कांग्रेसका तर्फबाट सभासद्मा प्रत्यक्ष निर्वाचित भएका थिए। संविधानसभामा अध्यक्षको विधिवत् निर्वाचन हुनु अघिसम्म ज्येष्ठत सदस्यको रूपमा संविधान सभाको अध्यक्षता गरेका थिए। उनकै अध्यक्षतामा बसेको संविधान सभाको पहिलो निर्वाचनले नेपालमा राजतन्त्रको विधिवत अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Kul Bahadur Gurung · CC BY-SA 4.0
- Wikipedia (Nepali): कुल बहादुर गुरुङ · CC BY-SA 4.0
- Wikidata item Q6442643 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कुल बहादुर गुरुङ". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/kul-bahadur-gurung?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्