DigiNepal
गणेशमान सिंह
Karrattul · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

गणेशमान सिंह

Ganesh Man Singh

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गणेशमान सिंह नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर थिए । काठमाडौँको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन ‘’राणा हटाऊ’’ आन्दोलनका एक नायक भैसकेका थिए । भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली काङ्ग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए। संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहाली लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला र्समर्थकका रूपमा नेपाली काङ्ग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे। पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि ८ वर्ष निरन्तर काराबास भोगे । त्यसपछि पुनः प्रबासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूध्द सक्रिय रहे ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाली काँग्रेस wd
शिक्षा
Vidyasagar College wd

सम्हालेका पदहरू wd

  • नेपालको संसदको सदस्य

पुरस्कार wd

  • United Nations Prize in the Field of Human Rights (1993)

स्रोतहरू

  1. Wikipedia (English): Ganesh Man Singh · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गणेशमान सिंह · CC BY-SA 4.0
  3. Wikidata item Q3429358 · CC0 1.0
  4. Image: Ganesh man singh 1993.jpg by Karrattul (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 14 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गणेशमान सिंह". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/ganesh-man-singh?lang=ne. Retrieved 15 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गणेशमान सिंह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ganesh man singh 1993.jpg — Karrattul, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व