अधिकृत वारेशनामाको प्रमाणीकरण (Attestation of Power of Attorney)
Service at · Embassy of Nepal, Bangkok
- Documents required
- · अधिकृत वारेशनामा दिनेको निवेदन · प्रचलित कानूनबमोजिम दर्ता भएका कानुन व्यवसायीद्वारा तोकिएको ढाँचामा तयार भएको अधिकृत वारेशनामा कागजको सक्कल दुई प्रति · अधिकृत वारेशनामा दिनेको सक्कल नागरिकता र राहदानी तथा सोको एक-एक प्रति फोटोकपी · अधिकृत वारेशनामा लिनेको नागरिकताको फोटोकपी · जग्गा सम्बन्धी अधिकृत वारेशनामा भएमा जग्गाको लालपुर्जा सक्कल प्रति र चालू वर्षको तिरो तिरेको रसिदको सक्कल प्रति · तोकिएको राजश्व/शुल्क दूतावासको बैंक खातामा जम्मा गरेको बैंक भौचर · अधिकृत वारेशनामा दिने व्यक्तिले राजदूतको रोहवरमा दस्तखत र ल्याप्चे सहिछाप गर्नुपर्ने हुनाले सम्बन्धित व्यक्ति स्वयम् दूतावासमा अनिवार्य उपस्थित हुनुपर्नेछ ।
- Fee
- मुद्दा सम्बन्धी अधिकृत वारेसनामा तथा सम्पत्तिको तिनपुस्तेभित्रमा हक हस्तान्तरण सम्बन्धी अधिकृत वारेसनामाको १५० थाईभाट तिनपुस्तेबाहेक अरूलाई सम्पत्ति बिक्री वितरण वा हक छाडी दिने सम्बन्धी अधिकृत वारेसनामाको १५०० थाई भाट
- Time taken
- सम्पूर्ण आवश्यक कागजात सहित आवेदन गरेको दिन अधिकृत वारेशना प्रमाणीकरणका लागि आउनुपूर्व दूतावासमा सम्पर्क गरी समय लिएर मात्र आउनु पर्नेछ।
- Counter / room
- Not in the charter
- Responsible
- Third Secretary +6623917240 Ext No. 105
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 16 Oct 2026