वंशज/ जन्मसिध्द / जन्मको आधारका नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
Service at · District Administration Office, Sunsari
Closed now · Public holiday: Dashain
- Documents required
- वंशज/ जन्मसिध्द / जन्मको आधारका नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि १. सुनसरी जिल्लाबाट जारी भै यसै जिल्लामा स्थायी बसोवास गरेकाहरुको हकमा - तोकिएको ढाँचामा सम्वन्धित स्थानीय तहको सिफारिश - एक स्थानीय तहबाट अर्को तहमा बसाई सरी आएको भए बसाई सराई प्रमाण पत्र - जग्गाधनी प्रमाण पुर्जा वा घर निर्माण अनुमति इजाजत पत्र - नागरिकताको प्रमाण पत्र जारी गर्ने कार्यालयको प्रमाणित अभिलेख माग गरिने - नागिरकता प्रमाणपत्र वा जारी मिति खुलेको प्रमाण र विवरण अस्पष्ट भए सनाखत गर्ने नातेदार र निजको नेपाली नागरिकताको प्रमाण पत्र २. अन्य जिल्लाबाट नागरिकता प्राप्त गरी यस जिल्लामा वसाइ सरी आएकाको हकमा थपः- - ताकिएको ढाँचामा सम्वन्धित स्थानीय तहको सिफारिश - बसाई सराई दर्ता प्रमाण पत्र - घर तथा जग्गाधनी प्रमाण पुर्जा / घर निर्माण इजाजत / निर्माण सम्पन्न प्रमाणपत्र / पानी / विजुली / टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण - मतदाता परिचय पत्र / मतदाता परिचय पत्रको प्रमाणित अभिलेख - नागरिकताको प्रमाण पत्र जारी गर्ने कार्यालयको प्रमाणित अभिलेख - नागिरकता प्रमाणपत्र र जारी मिति खुलेको प्रमाण र विवरण अस्पष्ट भए सनाखत गर्ने नातेदार र नीजको नेपाली नागरिकताको प्रमाण पत्र ३. कर्मचारी परिवारको हकमा - तोकिएको ढाँचामा सम्बन्धित स्थानीय तहको सिफारिस - जारी भएको जिल्लाबाट अभिलेख भिडेको प्रमाण - कार्यरत कार्यालयको शिफारिस ४. पतिको नामथर र ठेगाना कायम गरी नागरिकताको प्रमाण पत्रको प्रतिलिपी- -ताकिएको ढाँचामा सम्वन्धित स्थानीय तहको सिफारिश -पतिको सक्कल नागिरकताको प्रमाणपत्र र पति / ससुरा / देवर / जेठाजु कार्यालयमा उपस्थित भै सनाखत गर्नु पर्ने -विवाह दर्ता प्रमाणपत्र -साविकमा जारी भएको सक्कल नागरिकताको प्रमाण पत्र -अभिलेख प्रमाणित ५.पतिको नाम थर हटाइ संशोधित प्रतिलिपीः- - तोकिएको ढाँचामा सम्वन्धित स्थानीय तहको सिफारिश - सम्वन्ध विच्छेद दर्ता प्रमाण पत्र - अदालतको प्रमाणित फैसला -साविकको सक्कलै नागरिकताको प्रमाण पत्र ६ नागरिकता परित्यागको लागि आवश्यक कागजातहरु -सक्कल नागरिकता प्रमाणपत्र -राहदानी वाहकको हकमा सक्कल राहदानी -अनुसूची ९ बमोजिमको निवेदन - निवेदक स्वयको उपस्थिती वा नेपाली दूतावास/वाणिज्य दूतावासको पत्र -चालचलन तथा अन्य व्यहोरा प्रहरी मार्फत थप बुझ्न सकिने ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- वंशज/ जन्मसिध्द / जन्मको आधारका नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि कोठा नं. १७ मा तोक र झ्याल नं. ७ बाट कार्य सम्पादन हुने ।
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026
Other offices for: Citizenship certificate copy (duplicate) →