नागरिकताको प्रमाणपत्र (बंशज)
Service at · District Administration Office, Sunsari
Closed now · Public holiday: Dashain
- Documents required
- नागरिकताको प्रमाणपत्र (बंशज) क) निवेदक साविक देखि सुनसरी जिल्लाको स्थायी वासिन्दा रहेको हकमा :– १. अनुसूची १ को फाराममा सम्बन्धित स्थानीय तहको सिफारिश । २. बाबु र आमाको ना.प्र. साथै विवाहित महिलाको हकमा पतिको ना.प्र. र विवाह दर्ता प्रमाण पत्र । ३. बाबु आमा नभए दाजु/भाई वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको ना.प्र. र पुस्ता खुलेको नाता प्रमाणित । ४.बाबु, आमा वा ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, ५. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति) । ६. जन्मदर्ता प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र /नाबालक परिचय पत्र । ख) अन्य जिल्लाबाट बसाई सरी यस जिल्लामा स्थायी वसोवास रहेको हकमा थप:– १. बसाई सराई दर्ता प्रमाणपत्र । २. जग्गाधनी प्रमाण पूर्जा घर निर्माण अनुमती / निर्माण सम्पन्न प्रमाणपत्र / पानी / विजुली / टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण / ३. मतदाता परिचय पत्र / मतदाता परिचय पत्रको प्रमाणित अभिलेख । ४. बसाई सरेर आउनेहरुको लागि बसाइ सरी आएको जिल्लाबाट बाबु/आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ । नोटः १. पेश गर्नुपर्ने अनुसूची फारम स्पष्ट र बुझिने गरी लेखिएको हुनुपर्ने छ । १. पेश गर्नुपर्ने सबै कागजातहरुको फोटोकपी प्रष्ट बुझिएको हुनुपर्ने छ । २. पेश गर्नुपर्ने सबै कागजातहरुको सक्कल प्रति साथै लिइ आउनुपर्ने छ । ३. पेश गरीएका कागजातहरुको फोटोकपीको पछाडि सक्कल अनुसार नक्कल ठिक छ भनी हस्ताक्षर/दस्तखत गर्नुपर्ने छ ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- नागरिकताको प्रमाणपत्र (बंशज) १. ११ मा तोक लगाउने २. १० मा सनाखत गराउने ३. ९ मा आवश्यक कागजातहरु पेश गर्ने (बाबु/आमाको नागरिकता अन्य जिल्लाबाट जारी भएको भए जारी गर्ने निकायमा अभिलेख बुझ्ने - कोठा नं. ८) ४. निवेदकको विवरण कम्प्युटर शाखामा प्रविष्ट हुने ५. नागरिकताको विवरण ढड्डामा प्रविष्ट हुने ६. ९ मा नागरिकता प्रमाण पत्रमा फोटो टाँस तथा छाँप लगाउने ७. ९ बाट वितरण हुने नोटः १. प्रकृया १ देखि ३ सम्म र प्रकृया ६ वाहेक निवेदकहरुकाे कार्य कार्यालयका कर्मचारीहरुबाट सम्पादन हुनेछन् । २. आफुले प्राप्त गरेको प्रमाण-पत्रमा कुनै किसिको त्रुटीहरु छ/छैन यकीन गर्ने, भएमा अविलम्ब सम्बन्धित शाखामा सम्पर्क राख्ने ।
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026