मुद्धा
Service at · District Administration Office, Kabhrepalanchok
Closed now · Public holiday: Dashain
- Documents required
- मुद्धा सि.नं. सेवाको विवरण आवश्यक पर्ने कागजात तथा प्रमाणहरु लाग्ने समय क) म्याद थप/ जरुरी पक्राउ पूर्जि समर्थन तथा पक्राउ अनुमति/ दर्ता/ बयान/ थुनछेक आदेश/ धरौटी/ म्याद जारी पक्राउ गर्ने प्रहरी कार्यालयले बाटोको म्याद र सार्वजनिक विदा वाहेक २४ घण्टा भित्र थुनुवा सहित प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने । प्रमुख जिल्ला अधिकारीको आदेशानुसार अभियोगपत्रसाथ प्रतिवादीलाई कार्यालय बन्द हुने समय भन्दा कम्तीमा १ घण्टा अगावै उपस्थित गराउनु पर्ने । सोही दिन । प्रचलित कानून बमोजिम । ख) दर्ता/ बयान/ आदेश/ म्याद जारी अभियोगपत्र र सो प्रमाणित गर्ने कागजात प्रमाणहरु । पेश भएको दिन प्रचलित कानून बमोजिम । ग) थुनछेक । अभियोगपत्र र सो प्रमाणित गर्ने कागजात प्रमाणहरु । बयान सकिएको दिन । प्रचलित कानून बमोजिम । घ) साक्षी बुझ्ने/कागज गराउने/ बकपत्र । परिचय खुल्ने कागजात सहित साक्षी बकपत्र गर्ने व्यक्ति उपस्थित हुनुपर्ने । प्रतिवादी चुक्ता भएको १ महिनाभित्र प्रचलित कानून बमोजिम । ङ) म्याद थप । म्याद थप गर्नुपर्ने कारण सहितको पत्र । सोही दिन । प्रचलित कानून बमोजिम । च) तारेख थाम्ने/ तारेखमा बोलाउने । तोकिएको ढाँचाको निवेदन / तारेख पर्चा । सोही दिन । प्रचलित कानून बमोजिम । छ) फैसला तयारी र फैसला । प्रमुख जिल्ला अधिकारीको आदेशानुसार । संक्षिप्त कार्यविधि ऐन अन्तर्गतको मुद्दामा प्रमाण पुगेको मितिले ९० दिनभित्र र सामान्य कार्यविधि अन्तर्गत प्रमाण पुगेको मितिले १ वर्षभित्र । प्रचलित कानून बमोजिम । ज) नक्कल लिने । नक्कल माग गर्ने निवेदन । निवेदन परेकै दिन । प्रचलित कानून बमोजिम । झ) कैफियत प्रतिवेदन । सम्बन्धित निकायको पत्र । ३ दिन भित्र । प्रचलित कानून बमोजिम । ञ) दण्ड जरिवाना असूल गर्ने । प्रमुख जिल्ला अधिकारीको निर्णयानुसार । प्रचलित कानून बमोजिम ट) विगो भराउने/दिलाउने । मुद्धाको अन्तिम किनारा भएको वा पुनरावेदनको म्याद अवधि नाघेको हुनुपर्ने । विगो भराउने/दिलाउने विषयको प्रमाण । पहिचान खुल्ने कागजात सहितको निवेदन । प्रक्रिया पुगेको दिन । प्रचलित कानून बमोजिम । ठ) धरौटी फिर्ता । यस कार्यालयको निर्णय चित्त बुझी पुनरावेदन नगर्ने भन्ने व्यहोराको धरौटी फिर्ता माग निवेदन । धरौटी जमानतको निस्सा । फैसला अन्तिम भएपछि निवेदन परेकै दिन । प्रचलित कानून बमोजिम । ड) सवारी दुर्घटनाका मृतकका हकदार/घाईतेलाई औषधि उपचार, राहत र क्षतिपुर्ति दिलाई भराई दिने । मृतकका तर्फबाट:- दुर्घटना मुचुल्का, लाश बुझेको पत्र, मेडिकल प्रतिवेदन, हकवालाको नागरिकता, मृत्युदर्ता प्रमाणपत्र, नाता प्रमाणित, जाहेरवाला र सम्बन्धित स्थानीय तहको सिफारिस । सवारीधनीका तर्फबाट:- सवारी धनी प्रमाणपत्र, बिमा अभिलेख, रकम बुझाउने व्यक्ति र निजको परिचय खुल्ने कागजात । प्रमाण पुगेको दिन । प्रचलित कानून बमोजिम ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- मुद्धा
Source: the office's citizen charter (published 2083-06-27) · checked 16 Oct 2026