DigiNepal

नागरिक वडापत्र

Service at · District Administration Office, Dolpa

Closed now · Opens at 9:00
Documents required
नागरिक वडापत्र (क) वंशज:- अनुसुची १ को विवरण र सिफारिस, बाबु र आमा वा व शज तर्फका तिन पुस्ता भित्रका नातेदारको नागरिकता, नाता नखुलेमा नाता प्रमाण, विवाददर्ता वा नाता कायम प्रमाण, मृत्यु भएको मृत्यु दर्ता प्रमाण,उमेर जन्म स्थान समेत खुल्ने प्रमाण, सनाखत गर्ने व्यक्ति र निजको नागरिकता, ४ प्रति साइजको pp फोटो । (रातो Background हुन नहुने) (ख) जन्मको आधारमा :- जन्मको आधारमा नेपाली नागरिकता पाउन पेश गरेको प्रमाण र निर्धारित समय सीमा भित्र सम्पन्न हुने निर्णय । (ग) वैवाहिक अंगिकृत:- अनुसुचि ७ को विवरण र सिफारिस, विदेशी नागरिकता त्यागेको कारवाही चलाएको निस्सा, पतिको नागरिकता र विवाह दर्ता प्रमाण, पति मृत भए मृत्यु दर्ताको प्रमाण, पति तर्फ तीन पुस्ता भित्रको नागरिकता (नाता प्रमाण समेत) र सनाखत, ४ प्रति साइजको एए फोटो । (घ) नेपालको अंगिकृत नागरिकताको प्राप्ति, अंगिकृत नागरिकता पाउनु पूर्व जन्मिएका सन्तानले पाउने अंगिकृत नागरिकता, विदेशी सँग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानले पाउने नागरिकता, बावु आमाको ठेगान नलागेको व्यक्तिले पाउने नागरिकता सम्बन्धमा प्रचलित संविधान नेपाल नागरिकता ऐन,नियमावली, २०६३ बमोजिम हुनेछ । (ङ) प्रतिलिपि/अभिलेखीकरण:- फोटो प्रमाणित सहितको गा.वि.स.सिफारिस, निवेदन र नागरिकताको सक्कल झुत्रो वा फोटोकपी, ४ प्रति साइजको PPफोटो (च) नागरिकताको ब्यहोरा संसोधन:- नेपालमा एस.एल.सी. वा सो माथि उतीर्ण गरेको शैक्षिक प्रमाणपत्रको व्यहोरा फरक पर्न गएमा, व्यहोरा खुल्ने निवेदन,सिफारिस पुष्टी हुने प्रमाण तर नेपाली नागरिकता जारी हुँदा १६ वर्ष पुगेको फरक देखिनु पर्नेछ, ४ प्रति साइजको PP फोटो ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
नागरिक वडापत्र

Source: the office's citizen charter (published 2083-05-30) · checked 16 Oct 2026