मुद्दा शाखाको नागरिक सेवा वडापत्र
Service at · District Administration Office, Bardiya
Closed now · Opens at 9:00
- Documents required
- मुद्दा शाखाको नागरिक सेवा वडापत्र दुषित खाद्य पदार्थ सम्वन्धी मुद्दाः- खाद्य निरिक्षक मार्फत जिल्ला सरकारी वकील कार्यालयको राय लिई मुद्दा दायर हुने । कालो बजार सम्वन्धी मुद्दाः- जिल्ला प्रशासन कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता गरि जिल्ला प्रहरी कार्यालयको अनुसन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने । सार्वजनिक अपराध (सार्वजनिक शान्ति विरुद्धको कसुर, सार्वजनिक अधिकारको अख्तियारीको अवज्ञा सम्वन्धी कसुर, सार्वजनिक हित र नैतिकता):- जिल्ला प्रहरी कार्यालयको अनुशन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने । पशुपंक्षी सम्वन्धी कसुरः- जिल्ला प्रहरी कार्यालयको अनुशन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने । बजार अनुगमनः- खाद्य तथा गुण नियन्त्रण कार्यालय/घरेलु तथा साना उद्योग कार्यालय/जिल्ला प्रशासन कार्यालयबाट बजार अनुगमन गर्दा म्याद समाप्त भएका खाद्य सामग्री विक्रि वितरण सम्वन्धी कसुरमा अनुसन्धान गरि जिल्ला सरकारी वकील कार्यालय मार्फत जिल्ला अदालतमा अभियोग दर्ता गर्ने । मुद्दाको मिसिल नक्कल मागः- निवेदन र आफ्नो परिचय खुल्ने कागज
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- मुद्दा शाखाको नागरिक सेवा वडापत्र कोठा नं. १९ बाट काम सम्पन्न हुने । उजुरीहरु जिल्ला प्रशासन कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता हुने । जिल्ला प्रहरी कार्यालयको अनुसन्धान पछि जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने ।
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026