नागरिकता तथा प्रतिलिपी शाखाको नागरिक सेेवा वडापत्र
Service at · District Administration Office, Bardiya
Closed now · Closed at 16:00
- Documents required
- नागरिकता तथा प्रतिलिपी शाखाको नागरिक सेेवा वडापत्र बंशजको नाताले नेपाली नागरिकता बनाउन बाबुआमा नेपालको नागरिक रहेछन् भने वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र वर्ष उमेर पूरा भएको नेपाली नागरिकले; अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन, बाबु वा आमा वा आफ्ना वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र, जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाणपत्र, भएमा शैक्षिक प्रमाणपत्र समेत तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित पत्र, पढेको भए शैक्षिक प्रमाणपत्र उल्लेखित कागजात पेश गर्न नसक्ने नेपाली नागरिकले बाबु वा आमा नेपाली नागरिक भएकोले निज वंशजको नाताले नेपालको नागरिक भएको र नेपालमा जन्म भई निरन्तर रूपमा नेपालभित्र स्थायी रूपमा वसोवास गरी आएको व्यहोरा खुल्ने गरी स्थानीय तहका पदाधिकारी वा सदस्यको रोहवरमा अनुसूची-३ बमोजिमको ढाँचामा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त स्थानीय बासिन्दाहरूले गरिदिएको स्थलगत सर्जमिन, निवेदकलाई चिन्ने सोही वडामा बसोवास गर्ने कम्तीमा दुई जना नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका व्यक्ति र सम्बन्धित स्थानीय तहको कम्तीमा एक जना पदाधिकारी वा सदस्यले अनुसूची-४ बमोजिमको ढाँचामा सर्जमिनस्थलमै गरिदिएको सनाखत । तर, नागरिकताको सिफारिस गर्ने वा नागरिकता प्रदान गर्ने अधिकारीलाई सनाखत गर्ने व्यक्तिले शंकास्पद रूपमा सनाखत गरेको लागेमा त्यस्तो अधिकारीले त्यस उपर थप छानविन गर्न सक्नेछ। (३) नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह वर्ष उमेर पूरा भएको व्यक्तिले अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन, बालमन्दिर, अनाथालय जस्ता नेपाल सरकारद्वारा मान्यताप्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सम्बन्धित स्थानीय तहको सिफारिस कानूनी संरक्षकद्वारा हुर्काइएको भए त्यस्तो संरक्षकले गरेको सनाखत सहित निजको नागरिकताको प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस अन्य तरिकाले हुर्केको भए सम्बन्धित स्थानीय तहको सिफारिस पढेको भए शैक्षिक प्रमाणपत्र (४) संवत् 2072 साल असोज 3 गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन, जन्मदर्ता प्रमाणपत्र, बावु र आमा दुबैको नेपाली नागरिकताको प्रमाणपत्र, जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस । पढेको भए शैक्षिक प्रमाणपत्र (५) नेपालको नागरिक आमावाट नेपालमा जन्म भई नेपालमा नै वसोवास गरेको र वावुको पहिचान हुन नसकेको सोह्र वर्ष उमेर पूरा भएको व्यक्तिले; अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन, जन्मदर्ता प्रमाणपत्र, आमाको नेपाली नागरिकताको प्रमाणपत्र, जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस, निजको जन्म नेपालमा भई नेपालमा नै वसोवास गर्दै आएको र निजको बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बाबु सम्पर्कविहीन भई बाबुको पहिचान हुन नसकेको वा आमाले बाबु यिनै व्यक्ति हुन् भनी पहिचान गराउन नसकेको वा त्यस्तो व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणमा बाबुको नाम उल्लेख भए तापनि बाबुको पहिचान खुलाउन नसकेको भनी निज र निजक
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- नागरिकता तथा प्रतिलिपी शाखाको नागरिक सेेवा वडापत्र कोठा नं. १६ बाट कार्य सम्पन्न हुने । नागरिकता प्राप्तिका लागि स्थानीय तहबाट अनलाइन सिफारिस भई आउनु पर्नेछ । अनुसूची साथ पेश भएका प्रमाण पत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ ।
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026