DigiNepal

राहदानी (साधारण सिफारिस)

Service at · District Administration Office, Baitadi

Closed now · Opens at 9:00
Documents required
राहदानी (साधारण सिफारिस) १- रितपुर्वक भरिएको दरखास्त फाराम ३ प्रति । २- नेपाली नागरिकतको प्रमाणपत्रको सक्कल प्रति र सोको १ प्रति प्रतिलिपि (नागरिकता शाखाबाट नागरिकता प्रमाणपत्र भिडेको हुनु पर्नेछ ।) ३- नाबालकको हकमा नाबालक परिचय पत्र र निजका बाबु वा आमा मध्ये कुनै एक जनाको नागरिकताको प्रमाणपत्र र सोको १ प्रति प्रतिलिपि । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखितको सक्कल प्रति र संरक्षकको नागरिकता प्रमाण पत्र तथा प्रतिलिपि । ४- हालै खिचिएको निर्धारित ढाँचा (MRP)फोटो ४ प्रति (गरगहना/टिका/सिन्दुरटिका नभएको र दुरुस्त फोटो हुनु पर्ने)। ५- पहिले राहदानी लिएको भए सोको सक्कल तथा प्रतिलिपि । ६- राहदानी दस्तुर रु. ५०००/- तिरेको सक्कल रसिद र १० बर्ष मुनिको नाबालकको हकमा रु.२५००/- (राहदानी हराएको/च्यातिएको वा कुनै किसिमले बिग्रिएको भएमा दोब्बर दस्तुर लाग्ने छ।) ७- निवेदक स्वयं उपस्थित हुनु पर्ने । ८- अन्यत्र जिल्लाबाट नागरिकता लिएर बसाइसराई गरी बैतडी जिल्लामा आउनेको हकमा: स्थानीय पञ्जाधिकारीको कार्यालयबाट जारी भएको बसाइसराई दर्ता प्रमाणपत्र। जग्गाधनी प्रमाण पत्र सक्कल, पानीधारा, बिजुली महशुल बुझाएको सक्कल रसिद। नागरिकता जारी भएको जिल्लाबाट अभिलेख भिडेको प्रमाण प्राप्त हुनुपर्ने । अन्य जिल्लाबाट नाबालक परिचयपत्र बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ । ९- अन्यत्र जिल्लाबाट नागरिकता लिएर विवाह बैतडीजिल्ला आएका महिलाहरुको हकमा पतिको नागरिकताको प्रतिलिपि, विवाह दर्ता प्रमाण पत्र । सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ । १०- बैतडी जिल्लामा कार्यरत सरकारी कर्मचारी र कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यरत निकायको सिफारिस पत्र सम्बन्धित जिल्लाबाट नागरिकता प्रमाणपत्रकोअभिलेख भिडान प्रमाण र राहदानीको अभिलेख बुझिनेछ । अन्य जिल्लाबाट नाबालक परिचयपत्र बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ । कर्मचारीको परिचयपत्रको १ प्रति प्रतिलिपि । ११- राहदानीमा भएको विवरण संशोधन गर्ने कार्य : MRP मा संशोधन नहुने भएकोले संशोधन गर्नुपरे नयाँ राहदानी बनाउने प्रकृया बमोजिम फेरी निवेदन पेश गर्ने । साबिकको राहदानी सक्कल
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
राहदानी (साधारण सिफारिस)

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: Passport →