DigiNepal

नयाँ नागरिकता (वंशजको नाताले )

Service at · District Administration Office, Baitadi

Closed now · Opens at 9:00
Documents required
नयाँ नागरिकता (वंशजको नाताले ) १- अनुसूची-१को फाराममा सम्बन्धित स्थानीय तहको वडा अध्यक्षको सिफारिस ।२- बाबु र आमाको नागरिकता (आमाको मात्र नागरिकता पेश भएकोमा आमाले नेपाली नागरिक संग विवाह भएको खुल्ने प्रमाणपत्र) र विबाहिता माहिला भए पतिको नागरिकता, विवाह दर्ता प्रमाण पत्र । सो नभए दाजु र नाता प्रमाणित पत्र ।३- बाबु, आमा वा वंशजतर्फका तीन पुस्ताभित्रको नजिकको अभिभावक संगको नाता प्रमाणित सहित सनाखत।४- जन्मस्थान वा नाता खुल्ने गरी स्थानीय निकायको जन्मदर्ता प्रमाण पत्र, जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र वा नावालक परिचयपत्र ।५- बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र ।६- स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालै खिचिएको स्तरिय २ प्रति अटो साइजको फोटो ।७- बसाई सराई गरी आउनेको हकमा उल्लेखित कागजातको अतिरिक्त देहायको कागजात संलग्न हुनुपर्नेः-क) स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाण पत्रख) जग्गाधनी प्रमाण पूर्जा, घर नक्सापास प्रमाणपत्र ।ग) स्थायी बसोबास (घर निर्माण स्वीकृति, बिजुलीको बिल, धारा पानीको बिल )ग) बसाई सरि आएको जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरि सो भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ ।८- पितृत्व/मातृत्वको ठेगान नभएको व्यक्तिका हकमा :क) अनुसूची-१ बमोजिमको फाराममा स्थानीय निकायको वडा अध्यक्षको सिफारिस ।ख) नेपाल सरकारबाट स्वीकृत प्राप्त बाल मन्दिर वा अनाथ बालबालिका संरक्षण गर्ने संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत ।ग) कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए त्यस्तो व्यक्तिबाट सबै व्यहोरा खोली सनाखत ।घ) पितृत्व वा मातृत्वको बारेमा थप कुरा बुझ्नु पर्ने भएमा आवश्यकता अनुसार स्थानीय निकाय वा प्रहरी प्रतिवेदन लिन सकिने छ ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
नयाँ नागरिकता (वंशजको नाताले ) १-संलग्न कागजातहरु र अभिभावक सहित नागरिकता फाँट मा पेश गर्ने ।

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →