DigiNepal

पर्यटन मंत्री पौडेल ने नेपाल के डिजिटल संवर्धन, पहली बार 'डॉग तिहाड़ रील प्रतियोगिता' पर जोर दिया

मशीन अनुवाद मूल देखें

मूल शीर्षक: नेपालको डिजिटल प्रबर्द्धनमा पर्यटनमन्त्री पौडेलको जोड, पहिलो पटक ‘कुकुर तिहार रिल प्रतियोगिता’

यह काठमांडू में स्थित है। संस्कृति, पर्यटन और नागरिक उड्डयन मंत्री खड्ग राज पौडेल 'गणेश "ने अंतरराष्ट्रीय स्तर पर नेपाल के पर्यटन को बढ़ावा देने के लिए डिजिटल प्रचार-प्रसार-प्रसाद की शुरुआत की है।

Picture published with this update

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रबर्द्धन गर्न डिजिटल प्रचार-प्रसालाई जोड दिइरहेका छन् । सोही अनुसार नेपालका मौलिक चाडपर्व, संस्कृति र परम्परालाई डिजिटल प्रबर्द्धनका लागि विभिन्‍न गतिविधिहरु भइरहेका छन् । जस अन्तर्गत पहिलोपटक ‘कुकुर तिहार रील प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ । मन्त्री पौडेलको निर्देशन अनुसार यसअघि दशैंको अवसरमा स्थानीय तह, पर्यटन सम्बद्ध संघसंस्थालगायतको सहकार्यमा देशभरका १०० स्थानमा ‘लिङ्‌गे पिङ’ हालिएको थियो । मन्त्री पौडेलको पर्यटनलाई डिजिटल माध्यमबाट प्रबर्द्धन गर्ने योजना अनुसार नेपाल पर्यटन बोर्डले पहिलो पटक ‘कुकुर तिहार रिल प्रतियोगिता’ को आयोजना गरिएको हो । यसमार्फत् कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखिएको छ ।

पर्यटनमन्त्री पौडेलले पछिल्लो समय नेपालको पर्यटनलाई मौलिक सांस्कृतिक परम्परासँग जोडेर प्रबर्द्धन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । जस अनुसार पहिलो पटक कुकुर तिहारका लागि रिल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रील तयार गरी आफ्नो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट रिल बनाउने व्यक्तिलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गर्दै तिहारको अवसरमा पूजा गर्ने परम्परा रहेको छ । तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका, माला तथा मीठा परिकार खुवाउने र पूजा गरिन्छ । यही सांस्कृतिक विशेषतालाई आधुनिक डिजिटल माध्यमसँग जोड्दै नेपालको मौलिक पर्वलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्य प्रतियोगिताले राखेको छ ।

प्रतियोगितामा सहभागी हुनेले तयार पारेको रील अंग्रेजी भाषामा हुनुपर्नेछ । भिडियोमा अंग्रेजी सबटाइटल वा अंग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ । सहभागीले आफ्नो भिडियो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गरी #NepalFestival र #KukurTihar ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । साथै, इन्स्टाग्राममा @nepaltourism लाई ट्याग गर्नुपर्नेछ भने फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ ।

सामाजिक सञ्जालमा प्रकाशित भिडियोसहित डाउनलोड तथा हेर्न मिल्ने अनुमति प्रदान गरिएको गुगल ड्राइभ लिंक photonepal@ntb.org.np मा इमेलमार्फत पठाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुने भिडियो मौलिक सिर्जना हुनुपर्नेछ । प्राप्त भिडियोहरूलाई पर्यटन बोर्डले आफ्नो पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा डिजिटल सञ्चारका विभिन्न माध्यममा प्रयोग गर्न सक्नेछ । प्रतियोगितामा सहभागी हुन भिडियो पठाउने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ तोकिएको छ ।

कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई नेपाली समाजमा रहेको जीवजन्तुप्रतिको प्रेम, सम्मान र सहअस्तित्वको सन्देशका रूपमा विश्वसामु प्रस्तुत गरिने छ । डिजिटल माध्यममा सिर्जनात्मक सामग्री उत्पादन गर्ने युवाहरू तथा अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित प्रतियोगिताले नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    संबंधित अपडेट

    सभी अपडेट
    • नेपाल सरकार के प्रमुख निर्णय, मंत्रिमंडल दिनांक 17 अक्टूबर, 2083

      नेपाल सरकार, मंत्रिपरिषद प्रमुख निर्णय दिनांक 17 अक्टूबर, 2083: वित्त मंत्रालयः-सड़क सुधार के लिए एशियाई विकास बैंक (एडीबी) से 285...

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      नया
    • मुस्तांग में दो लाख 85 हजार पर्यटक

      वर्ष 2026 के दस महीनों में दो लाख 85 हजार 616 विदेशी पर्यटकों ने मुस्तांग जिले का दौरा किया है। जनवरी से अक्टूबर तक सार्क देशों की ओर दो लाख 62 हजार...

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      नया
    • प्रधानमंत्री ने मंत्रिपरिषद की बैठक बुलाई

      काठमांडू, 17 अक्टूबरः करीब दो सप्ताह बाद आज कैबिनेट की बैठक हो रही है। प्रधानमंत्री और मंत्रिपरिषद का कार्यालय, सिंघा दरबार की बैठक 3 पर होगीः 00 दोपहर...

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      नया
    • मेची सीमा शुल्क राजस्व संग्रह लक्ष्य के करीब

      मेची सीमा शुल्क कार्यालय, कंकड़भिट्टा ने चालू वित्त वर्ष 2083 ± 84 के पहले तीन महीनों में लक्ष्य राजस्व का लगभग 95 प्रतिशत संग्रह किया है। कार्यालय से मिली जानकारी...

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      नया
    • बच्चों को आज और कल विटामिन और जूँ खिलाना

      सरकार आज और कल दो दिन बच्चों के लिए 'राष्ट्रीय विटामिन ए कार्यक्रम "चला रही है। कार्यक्रम के तहत विटामिन 'ए' कैप्सूल छह महीने से लेकर 59...

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      नया
    • स्काई ब्रिज के निर्माण के लिए पृथ्वी हाईवे का माझिमटर सेक्शन आज 2 घंटे के लिए पूरी तरह बंद रहेगा

      धादिङ में बेनीघाट रोआरंग ग्रामीण नगरपालिका-9 का माझिमटर (पृथ्वी राजमार्ग) खंड मंगलवार को भी 2 घंटे के लिए पूरी तरह से बंद रहेगा। सड़क के उन्नयन...

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      नया