नेपालको डिजिटल प्रबर्द्धनमा पर्यटनमन्त्री पौडेलको जोड, पहिलो पटक ‘कुकुर तिहार रिल प्रतियोगिता’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रबर्द्धन गर्न डिजिटल प्रचार-प्रसालाई जोड दिइरहेका छन् । सोही अनुसार नेपालका मौलिक चाडपर्व, संस्कृति र परम्परालाई डिजिटल प्रबर्द्धनका लागि विभिन्न गतिविधिहरु भइरहेका छन् । जस अन्तर्गत पहिलोपटक ‘कुकुर तिहार रील प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ । मन्त्री पौडेलको निर्देशन अनुसार यसअघि दशैंको अवसरमा स्थानीय तह, पर्यटन सम्बद्ध संघसंस्थालगायतको सहकार्यमा देशभरका १०० स्थानमा ‘लिङ्गे पिङ’ हालिएको थियो । मन्त्री पौडेलको पर्यटनलाई डिजिटल माध्यमबाट प्रबर्द्धन गर्ने योजना अनुसार नेपाल पर्यटन बोर्डले पहिलो पटक ‘कुकुर तिहार रिल प्रतियोगिता’ को आयोजना गरिएको हो । यसमार्फत् कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखिएको छ ।
पर्यटनमन्त्री पौडेलले पछिल्लो समय नेपालको पर्यटनलाई मौलिक सांस्कृतिक परम्परासँग जोडेर प्रबर्द्धन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । जस अनुसार पहिलो पटक कुकुर तिहारका लागि रिल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रील तयार गरी आफ्नो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट रिल बनाउने व्यक्तिलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गर्दै तिहारको अवसरमा पूजा गर्ने परम्परा रहेको छ । तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका, माला तथा मीठा परिकार खुवाउने र पूजा गरिन्छ । यही सांस्कृतिक विशेषतालाई आधुनिक डिजिटल माध्यमसँग जोड्दै नेपालको मौलिक पर्वलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्य प्रतियोगिताले राखेको छ ।
प्रतियोगितामा सहभागी हुनेले तयार पारेको रील अंग्रेजी भाषामा हुनुपर्नेछ । भिडियोमा अंग्रेजी सबटाइटल वा अंग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ । सहभागीले आफ्नो भिडियो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गरी #NepalFestival र #KukurTihar ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । साथै, इन्स्टाग्राममा @nepaltourism लाई ट्याग गर्नुपर्नेछ भने फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ ।
सामाजिक सञ्जालमा प्रकाशित भिडियोसहित डाउनलोड तथा हेर्न मिल्ने अनुमति प्रदान गरिएको गुगल ड्राइभ लिंक photonepal@ntb.org.np मा इमेलमार्फत पठाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुने भिडियो मौलिक सिर्जना हुनुपर्नेछ । प्राप्त भिडियोहरूलाई पर्यटन बोर्डले आफ्नो पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा डिजिटल सञ्चारका विभिन्न माध्यममा प्रयोग गर्न सक्नेछ । प्रतियोगितामा सहभागी हुन भिडियो पठाउने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ तोकिएको छ ।
कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई नेपाली समाजमा रहेको जीवजन्तुप्रतिको प्रेम, सम्मान र सहअस्तित्वको सन्देशका रूपमा विश्वसामु प्रस्तुत गरिने छ । डिजिटल माध्यममा सिर्जनात्मक सामग्री उत्पादन गर्ने युवाहरू तथा अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित प्रतियोगिताले नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesनेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ कात्तिक १७ गतेका मुख्य निर्णयहरू
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ कात्तिक १७ गतेका मुख्य निर्णयहरू : अर्थ मन्त्रालय : - एसियाली विकास बैंक (ADB) बाट सडक सुधारको लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको…
Newमुस्ताङमा दुई लाख ८५ हजार पर्यटक
सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रतर्फ दुई लाख ६२ हजार १२ जना र अन्य राष्ट्रतर्फ…
Newप्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौँ, १७ कात्तिकः मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ३ः०० बजे बस्नेगरी सम्मानित प्रधानमन्त्री…
Newमेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार…
Newआज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र…
New
आकाशे पुल निर्माणका लागि पृथ्वी राजमार्गको मझिमटार खण्ड आज २ घण्टा पूर्ण रूपमा बन्द हुने
धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटार (पृथ्वी राजमार्ग) खण्डमा आज मंगलबार पनि २ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। सडक स्तरोन्नति तथा निर्माणाधीन आकाशे…
New
Comments 0
No comments yet. Start a respectful conversation.