DigiNepal

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ कात्तिक १७ गतेका मुख्य निर्णयहरू

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ कात्तिक १७ गतेका मुख्य निर्णयहरू :

अर्थ मन्त्रालय :

- एसियाली विकास बैंक (ADB) बाट सडक सुधारको लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने।

- नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी गर्न सहमति प्रदान गर्ने।

कृषि, वन तथा पर्यावरण मन्त्रालय :

- नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मल आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गर्ने।

परराष्ट्र मन्त्रालय :

- तुर्किएको आन्ताल्यामा २०८३ कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP31) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय :

- मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने तथा त्यस्तो जग्गाको जग्गावाला र मोहीबीच जग्गा बाँडफाँट गरी कारबाहीको टुङ्गो लगाउनुपर्ने अवधि क्रमशः २०८५ कात्तिक र २०८६ असारमसान्तसम्म थप गर्नेगरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिने।

विविध :

प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates
    • नेपालको डिजिटल प्रबर्द्धनमा पर्यटनमन्त्री पौडेलको जोड, पहिलो पटक ‘कुकुर तिहार रिल प्रतियोगिता’

      काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रबर्द्धन गर्न डिजिटल प्रचार-प्रसालाई जोड दिइरहेका छन् । सोही…

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      New
    • मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

      सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रतर्फ दुई लाख ६२ हजार १२ जना र अन्य राष्ट्रतर्फ…

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      New
    • प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

      काठमाडौँ, १७ कात्तिकः मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ३ः०० बजे बस्नेगरी सम्मानित प्रधानमन्त्री…

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      New
    • मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

      मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार…

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      New
    • आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

      सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र…

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      New
    • आकाशे पुल निर्माणका लागि पृथ्वी राजमार्गको मझिमटार खण्ड आज २ घण्टा पूर्ण रूपमा बन्द हुने

      धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटार (पृथ्वी राजमार्ग) खण्डमा आज मंगलबार पनि २ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। सडक स्तरोन्नति तथा निर्माणाधीन आकाशे…

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      New