DigiNepal

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् ।

जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रतर्फ दुई लाख ६२ हजार १२ जना र अन्य राष्ट्रतर्फ २८ हजार २७५ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमले जनाएको छ ।

सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख ६१ हजार १४१ जना सार्क तथा अन्य राष्ट्रका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेकामा सन् २०२६ को दश महिनामा ७७.६२ प्रतिशतले पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।

एक्याप कार्यालयका प्रमुख राजेश गुप्तका अनुसार सन् २०२५ को तुलनामा सन् २०२६ को दुई महिना बाँकी रहँदा एक लाख २३ हजार ४७५ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको जानकारी दिनुभयो ।

एक्याप जोमसोमको पर्यटक तथ्याङ्कअनुसार सन् २०२६ को दश महिना अवधिमा गत वर्षको भन्दा सार्क राष्ट्रतर्फ ९७ प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको छ । गुप्तका अनुसार अघिल्लो वर्षको तुुलनामा यसवर्षको दुई महिना बाँकी रहँदा सार्क राष्ट्रतर्फ एक लाख २९ हजार १४६ जना विदेशी पर्यटक वृद्धि भएको हो ।

यसैगरी सन् २०२५ को बाह्र महिनामा २३ हजार ६०४ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिदा सन् २०२६ को दुई महिना बाँकी रहँदा चार हजार ६७१ जना विदेशी विदेशी पर्र्यटक कम भित्रिएका हुन् । जुन् अघिल्लो वर्षको भन्दा (१६.५) प्रतिशत कम पर्यटक भित्रिएका हुन् ।

एक्याप प्रमुख गुप्तले नोभेम्बर र डिसेम्बर दुई महिना बाँकी रहेकाले गत वर्षको भन्दा चालुवर्षमा विदेशी पर्यटक सङ्ख्या कम नहुने उल्लेख गर्नुभयो ।

यस वर्ष रसुवागढीको विनासकारी बाढी घटना तथा जोमसोम–कोरला सडक अवरुद्ध, हवाई सेवा स्थगनलगायत मौसम प्रतिकूलाका कारण मुस्ताङको पर्यटनमा आशिंक असर पुगेको थियो ।

यद्यपि मुस्ताङमा सन् २०२५ को तुलनामा सन् २०२६ मा पर्यटकको सङ्ख्यामा अपेक्षाकृत वृद्धि भएको पाइएको हो । एक्याप जोमसोमका अनुसार सार्क राष्ट्रतर्फ करिब शतप्रतिशत पर्यटक वृद्धि हुनुमा अधिकांश भारतीय पर्यटकको आगमन रहेको उल्लेख गरेको छ । मुक्तिनाथ मन्दिर दर्शनका लागि बर्सेनि भारतीय पर्यटकको सङ्ख्या वृद्धि हुँदै गइरहेको एक्यापको भनाइ छ ।

यसैगरी अन्य राष्ट्रतर्फ मुस्ताङ भित्रिनेमा राउण्ड अन्नपूर्ण चर्किय पदमार्गको मनाङबाट थोरङ्ला पास हुँदै मुस्ताङ भित्रिनेको सङ्ख्या रहेको एक्यापले जनाएको छ ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates
    • प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

      काठमाडौँ, १७ कात्तिकः मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ३ः०० बजे बस्नेगरी सम्मानित प्रधानमन्त्री…

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      New
    • मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

      मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार…

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      New
    • आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

      सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र…

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      New
    • आकाशे पुल निर्माणका लागि पृथ्वी राजमार्गको मझिमटार खण्ड आज २ घण्टा पूर्ण रूपमा बन्द हुने

      धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटार (पृथ्वी राजमार्ग) खण्डमा आज मंगलबार पनि २ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। सडक स्तरोन्नति तथा निर्माणाधीन आकाशे…

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      New
    • भैरहवा भन्सारले उठायो लक्ष्यभन्दा चार अर्ब बढी राजस्व

      भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि असोज मसान्तसम्म रु ३३ अर्ब ३४ करोड २० लाख राजस्व सङ्कलन…

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      New
    • पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

      पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको…

      Office of the Prime Minister and Council of Ministers१७ कार्तिक २०८३
      New