हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, अन्यत्र मौसम मुख्यतया सफा
काठमाडौँ, हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहे पनि केही पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार बिहान देशका हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ भने तराई भूभागका थोरै स्थानमा हुस्सु र तुवाँलो लागेको छ ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशको हिमाली क्षेत्रका साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आज दिउँसो देशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार भोलि सोमबार देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ ।
तराईका केही स्थानमा बिहानपख लाग्न सक्ने हुस्सु तथा तुवाँलो र हिमाली क्षेत्रमा हुन सक्ने हल्का हिमपातलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसँग भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन, शीतल निवासमा केहिबेरअघि भएको भेटवार्तामा सम्माननीय…
Newआज दिनभर मौसम सामान्यतया सफा रहने
हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा…
त्रिभुवन विमानस्थलमा यात्रुका लागि विशेष ट्रली सेवा सञ्चालन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रु सेवालाई सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यले विशेष ट्रली सेवा सञ्चालनमा ल्याइएको छ। विमानस्थलको…

नापजाँच भएको १३ वर्षपछि रुपन्देहीका १४८ स्ववासी परिवारले पाए लालपुर्जा
रुपन्देही।रुपन्देही मायादेवी गाँउपालिका वडा नं. ७( साविक हाटीबगाइ वडा नं ६) का १४८ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १३ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त…
तीस हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाइँदै
काठमाडौँ, १० मङ्सिरः सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत…
आज मौसम मुख्यतया सफा रहने
काठमाडौँ, १० मङ्सिरः हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा…
Comments 0
No comments yet. Start a respectful conversation.