आकाशे पुल निर्माणका लागि पृथ्वी राजमार्गको मझिमटार खण्ड आज २ घण्टा पूर्ण रूपमा बन्द हुने

धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटार (पृथ्वी राजमार्ग) खण्डमा आज मंगलबार पनि २ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।
सडक स्तरोन्नति तथा निर्माणाधीन आकाशे पुलको बाँकी काम सम्पन्न गर्नका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म दुवै तर्फको यातायात रोकिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
यसअघि सोमबार पनि सोही स्थानमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म ३ घण्टा सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो। तर, सोमबार तोकिएको समयभित्र आकाशे पुल निर्माणको कार्य सम्पन्न हुन नसकेपछि आज पुनः सडक बन्द गरेर कामलाई निरन्तरता दिनुपरेको प्रशासनको भनाइ छ।
काम चल्ने निश्चित समय (बिहान ९ देखि ११ बजे) सम्मका लागि राजमार्ग भएर आउजाउ गर्ने सम्पूर्ण सवारी साधनहरूलाई सुरक्षित स्थानमा रोकेर सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालयले सवारी चालक, यात्रु तथा सर्वसाधारणमा अनुरोध गरेको छ। अत्यावश्यक बाहेकका सवारी साधनहरूलाई सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न वा समय व्यवस्थापन गरेर मात्र यात्रा तय गर्न समेत सूचित गरिएको छ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesभैरहवा भन्सारले उठायो लक्ष्यभन्दा चार अर्ब बढी राजस्व
भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि असोज मसान्तसम्म रु ३३ अर्ब ३४ करोड २० लाख राजस्व सङ्कलन…
Newपोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा
पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको…
Newआज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र…
Newमेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार…
Newप्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौँ, १७ कात्तिकः मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ३ः०० बजे बस्नेगरी सम्मानित प्रधानमन्त्री…
Newमुस्ताङमा दुई लाख ८५ हजार पर्यटक
सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रतर्फ दुई लाख ६२ हजार १२ जना र अन्य राष्ट्रतर्फ…
New
Comments 0
No comments yet. Start a respectful conversation.