परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्ल सिकोरस्कीसँग भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा भएको द्विपक्षीय भेटवार्तामा उहाँहरुबीच नेपाल–पोल्यान्ड सम्बन्धका विविध पक्षमा छलफल मन्त्री खनाललको सचिवालयले जनाएको छ ।
भेटमा दुवै पक्षले दुई देशबीच बढ्दो सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गर्नुभएको थियो । साथै, आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।
संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा नेपाल र पोल्यान्डबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत दुवै पक्षले जोड दिएका थिए ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesपरराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको…
न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली सङ्घ (इयु)की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा जारी…
प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै
काठमाडौँ, ६ असोजः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क…
शेयर कारोबार पुनः सञ्चालन
काठमाडौँ, ६ असोज : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेमा आजदेखि नियमित धितोपत्र कारोबार सञ्चालन हुने…
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।…
असोज ९ देखि ११ गतेसम्म भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन मौसम महाशाखाको आग्रह
काठमाडौं । नेपालमा मनसुन अझै सक्रिय रहेकै बेला पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ। बंगालको खाडीको मध्य–पश्चिम भूभाग आसपास रहेको न्यूनचापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली…
Comments 0
No comments yet. Start a respectful conversation.