DigiNepal

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता

Office of the Prime Minister and Council of Ministers · Posted by Moti Khanal
Published

काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली सङ्घ (इयु)की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–युरोपेली सङ्घ (इयु) साझेदारीका विभिन्न पक्षमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

भेटमा परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै रिबेराले दिनुभएको सन्देशप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा दुवै पक्षले नेपाल र इयुबीचको साझेदारीका विविध आयाममा महत्वपूर्ण विचार आदानप्रदान गर्दै सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता दोहो¥याएका थिए ।

विशेषगरी, हालै नेपालमा आएको जलवायु परिवर्तनको कारणबाट सिर्जित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनल्रुत्थान, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहकार्यलाई थप सुदृढ गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको थियो ।

Source: National Portal of Nepal (nepal.gov.np). DigiNepal mirrors public updates from the National Portal for easier reading and discovery. DigiNepal is an independent service and is not affiliated with, or endorsed by, the National Portal of Nepal or the offices that publish there. Always check the source for the authoritative version.

More official updates