प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका समकक्षी अनवर इब्राहिमबीच आज विशेष छलफल
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग आज विशेष छलफल गर्नुभएको छ। उहाँले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गर्नुभएको हो।
छलफलका क्रममा प्रधानमन्त्री शाहज्यूले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिनुभएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पार्नुभयो।
उहाँले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्नुहुँदै यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड दिनुभयो।
“हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ,” प्रधानमन्त्री शाहज्यूले मलेसियाली समकक्षीसँग भन्नुभयो, “त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु।”
प्रधानमन्त्री शाहज्यूले व्यक्त गर्नुभएको धारणालाई सकारात्मक रूपमा लिनुहुँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको स्पष्ट पार्नुभयो। उहाँले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
मलेसियाली प्रधानमन्त्री इब्राहिमले भन्नुभयो, “यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु। म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु।”
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesपरराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।…
न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली सङ्घ (इयु)की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा जारी…
परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्ल सिकोरस्कीसँग भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय,…
परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको…
प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै
काठमाडौँ, ६ असोजः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क…
शेयर कारोबार पुनः सञ्चालन
काठमाडौँ, ६ असोज : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेमा आजदेखि नियमित धितोपत्र कारोबार सञ्चालन हुने…
Comments 0
No comments yet. Start a respectful conversation.