बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
काठमाडौँ, ३१ भदौ । त्रिभुवन विश्वविद्यालयले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नौ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले बुधबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
विश्वविद्यालयका अनुसार पदाधिकारी तथा कर्मचारीको तलब र भत्ताबाट कट्टा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो ।
उपकुलपति, रेक्टर र रजिष्ट्रारले एक महिनाको तलब तथा प्राध्यापक र प्रशासनतर्फका सोसरहका कर्मचारीले मासिक सुरु तलब स्केलको १० दिनबराबरको रकम योगदान गरेका छन् ।
त्यस्तै, उपप्राध्यापक तथा उपप्रशासक र शाखा अधिकृत तथा प्रशिक्षक वा सोसरहका शिक्षक–कर्मचारीबाट सात दिनबराबर, मुख्य कार्यालय सहायक तथा कार्यालय सहायक वा सोसरहका कर्मचारीबाट पाँच दिनबराबर र श्रेणीविहीन कर्मचारीबाट दुई दिनबराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिएको विश्वविद्यालयले जनाएको छ ।
कुलपति थापाका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापना कार्यमा योगदान पु¥याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो ।
विश्वविद्यालय कार्यकारी परिषद्को हालै बसेको बैठकले विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesबालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ताव
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक अघि…
बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट मिति: २०८३ भदौ ३१ गते / 16 September 2026
1 PDF
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
काठमाडौँ: सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण र प्रभावबारे सूक्ष्म वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय उच्चस्तरीय विज्ञ समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा…
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनको शिष्टाचार भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार…
आज देशभर बदली, विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभर आज सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र…
Comments 0
No comments yet. Start a respectful conversation.