प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीज्यूसँग जापानी राजदूत तोरुले भेटवार्ता गर्नुभएको हो।
भेटका क्रममा प्रधानमन्त्रीज्यूले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्दताका लागि आभार व्यक्त गर्नुभयो।
यस्तै, राजदूत तोरुले दुःखको यस घडीमा संवेदना प्रकट गर्नुहुँदै जापान सरकारले नेपाललाई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भेटवार्ताका क्रममा नेपाल-जापान आपसी सम्बन्धका विविध आयामहरुमा भइरहेको सहकार्यका बारेमा पनि छलफल भएको छ।
Source: National Portal of Nepal (nepal.gov.np). DigiNepal mirrors public updates from the National Portal for easier reading and discovery. DigiNepal is an independent service and is not affiliated with, or endorsed by, the National Portal of Nepal or the offices that publish there. Always check the source for the authoritative version.