आज देशभर बदली, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा अधिकांश स्थानमा तथा कोशी र बागमतीका पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुनसक्नेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। कोशी र बागमतीका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। तराईका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।
राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना कायम रहनेछ। ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले वर्षाका कारण बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesपरराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल
काठमाडौँ, १० असोजः परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका प्रमुख अतुल खरेसँग शुक्रबार भेटवार्ता गर्नुभएको छ । संयुक्त…
सुस्ताको थारु टोलमा बाढी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको क्बाढीबस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन् । जिल्लाको सुस्ता…
झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी
भद्रपुर (झापा), १० असोजः बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानीका लागि पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको…
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
सोलुखुम्बु, १० असोजः सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा…
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी
काठमाडौँ, असोज १० : रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढी गएको एक महिना भएको छ । गत भदौ १० गते विहान गएको सो अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न…
भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द
१० असोजः लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्म जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ…
Comments 0
No comments yet. Start a respectful conversation.