बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
बाढीका कारण डुबानमा परी क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ।
गत भदौ १० गतेको भोटेकोशी बाढीले जहरेखेतस्थित सबस्टेसनमा १० फिटसम्म लेदोहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा क्षति पुगेको थियो।
नेपाल विद्युत् प्राधिकरणले जनशक्ति, उपकरण र आवश्यक सामग्री परिचालन गरी तीव्र गतिमा मर्मत तथा पुनःस्थापनाको काम अघि बढाएको थियो। भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुनः सञ्चालनमा ल्याइएको हो।
सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडरअन्तर्गत २२ किलो क्षेत्र तथा पीडा फिडरअन्तर्गत किरान्चोक–मिलनटारलगायत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सबस्टेसन सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमशः सामान्य बन्दै गएको छ। नियमित र भरपर्दो सेवा सुनिश्चित गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने
बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडक विभागले नयाँ ट्रयाक निर्माण तथा सडक पुनर्स्थापनाको काम तीव्र…
मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने तयारी
काठमाडौँ, २८ भदौ । सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा…
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले…
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ । विनाशकारी बाढीको…
आज देशभर बदली, वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अपिल
हाल देशको मौसममा विभिन्न मौसमी प्रणालीहरूको प्रभाव परेकाले देशभर साधारणतया बदली रही धेरैजसो स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान…
बाढीपछि विपद् संकटग्रस्त घोषित क्षेत्रका जनप्रतिनिधिहरुसँग छलफलमा प्रधानमन्त्री
प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल सुरु गर्नुभएको छ। प्रधानमन्त्री…
Comments 0
No comments yet. Start a respectful conversation.