DigiNepal

कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

Office of the Prime Minister and Council of Ministers · Posted by Surendra Bajagain
Published

बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

सडक विभागले नयाँ ट्रयाक निर्माण तथा सडक पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढाउँदै निर्माणाधीन सडकमा सवारीसाधन सञ्चालनको परीक्षण गरेको छ। परीक्षणका क्रममा काठमाडौंबाट चितवनतर्फ ग्यास बुलेटसहित करिब २० वटा तथा चितवनबाट काठमाडौंतर्फ भारीसहित केही हलुका सवारीसाधन सफलतापूर्वक पार गराइएको छ।

सडक स्तरोन्नति र सुरक्षाका बाँकी काम पूरा गरी असोज १ गतेदेखि नियमित यातायात सञ्चालन गर्ने विभागको लक्ष्य छ। त्यसअघि भने कृष्णभीर खण्डमा यातायात पूर्ण रूपमा बन्द रहने विभागले जनाएको छ।

Source: National Portal of Nepal (nepal.gov.np). DigiNepal mirrors public updates from the National Portal for easier reading and discovery. DigiNepal is an independent service and is not affiliated with, or endorsed by, the National Portal of Nepal or the offices that publish there. Always check the source for the authoritative version.

More official updates