
कमलामाई नेपालको बागमती प्रदेशमा पर्ने सिन्धुली जिल्लाको एक नगरपालिका हो। सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढी यस नगरपालिका भित्रको एक केन्द्रीय स्थल हो। सिन्धुली जिल्लामा रहेका तत्कालिन सिद्धेश्वर र भिमान गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। कमला उपत्यकाभित्र पर्ने यो नगरपालिकामा सबै जिल्ला स्तरीय कार्यलयहरूका साथै क्याम्पस, विद्यालय तथा अस्पतालहरू समेत रहेका छन्। कुल १४ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०७८ सालको राष्ट्रिय जनगणना अनुसार ७१,०१६ रहेको छ।कमलामाई नगरपालिकाको पूर्वमा तीनपाटन गाउँपालिका, गोलञ्जोर गाउँपालिका र दुधौली नगरपालिका त्यसतै यसको पश्चिममा मरिण गाउँपालिका र सर्लाही जिल्ला, उतरमा सुनकोशी गाउँपालिका र गोलञ्जोर गाउँपालिका तथा दक्षिणमा धनुषा जिल्ला र महोत्तरी जिल्ला रहेका छन्।
मुख्य तथ्यहरू
- प्रकार
- सहर, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- सिन्धुली जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.2103° N, 85.9122° E wd
नजिकका ठाउँहरू
- जनकपुर अञ्चल — 5 km
- सिन्धुली जिल्ला — 7 km
- रामेछाप जिल्ला — 22 km
- रामेछाप गाविस — 22 km
- महोत्तरी जिल्ला — 40 km
- मधेश प्रदेश — 40 km
स्रोतहरू
- Wikipedia (English): Kamalamai · CC BY-SA 4.0
- Wikipedia (Nepali): कमलामाई नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q2477040 · CC0 1.0
- Image: Sindhulimadhi 2020.jpg by Coolsan71 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कमलामाई नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/kamalamai?lang=ne. Retrieved 21 October 2026.