
बर्दिया राष्ट्रिय निकुञ्ज
Bardiya National Park
नेपालमा रहेको एक राष्ट्रिय निकुञ्ज
बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूर पश्चिममा रहेको छ। बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा रहेको छ,जुन पूर्व-पश्चिम राजमार्गको अम्रेनीबाट दक्षिण तर्फ बाटो छुट्टिएको छ। यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्व तिरको तराइ प्रदेशमा अवस्थित छ। सन् १९६८मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिएपनि सन् १९६७मा करिब ३६८ वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो। पछि सन् १९८२मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो। सन् १९८८मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो। पूर्णरूपमा तराइ क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देस्य बाघ तथा यसको शिकारको संरक्षण भएपनि गैँडा, घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू यसमा संरक्षित छन्।
मुख्य तथ्यहरू
- प्रकार
- राष्ट्रिय निकुञ्ज wd
- क्षेत्रफल
- 968 km² wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 28.4700° N, 81.4700° E wd
नजिकका ठाउँहरू
- बर्दिया जिल्ला — 12 km
- भेरी अञ्चल — 12 km
- सुर्खेत विमानस्थल — 21 km
- वीरेन्द्रनगर नगरपालिका — 22 km
- मध्य-पश्चिमाञ्चल विकास क्षेत्र — 22 km
- सुर्खेत जिल्ला — 31 km
स्रोतहरू
- Wikipedia (English): Bardiya National Park · CC BY-SA 4.0
- Wikipedia (Nepali): बर्दिया राष्ट्रिय निकुञ्ज · CC BY-SA 4.0
- Wikidata item Q808021 · CC0 1.0
- Image: Bardiya 02.jpg by Prabina Karki (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बर्दिया राष्ट्रिय निकुञ्ज". DigiNepal. Last updated 17 October 2026. https://diginpl.com/places/bardiya-national-park?lang=ne. Retrieved 21 October 2026.