DigiNepal
जाकिर हुसेन
India Post, Government of India · GODL-India
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

जाकिर हुसेन

Zakir Husain

भारतको तेस्रो राष्ट्रपति

Read in English · हिंदी में पढ़ें

डाक्टर जाकिर हुसेन स्वतन्त्रता सेनानी एवं भारत के तेश्रो राष्ट्रपति तथा प्रथम मुस्लिम राष्ट्रपति थिए जसको कार्यकाल १३ मे १९६७ देखी ३ मे १९६९ सम्म थियो । डा. जाकिर हुसेन को जन्म ८ फरवरी, १८९७ ई. मा हैदराबाद, तेलंगाना को धनाढ्य पठान परिवार मा भएको थियो। केही समय पछि उनको पिता उत्तर प्रदेश मा रहन आएका थिए । केवल २३ वर्ष को अवस्था मा उनी 'जामिया मिलिया इस्लामिया विश्वविद्यालय' को स्थापना दल को सदस्य बने। जाकिर हुसेन भारत को तेश्रो राष्ट्रपति तथा प्रमुख शिक्षाविद थिए। उनी अर्थशास्त्र मा पीएच. डी की डिग्री को लागि जर्मनी को बर्लिन विश्वविद्यालय गए र फर्किएर जामिया को उप कुलपति को पदमा पनि आसीन भए। १९२० मा उनले जामिया मिलिया इस्लामिया को स्थापना मा योग दिए तथा यसको उपकुलपति बने। उनको नेतृत्व मा जामिया मिलिया इस्लामिया को राष्ट्रवादी कार्यहरु तथा स्वाधीनता संग्राम को तर्फ झुकाव रह्यो । स्वतन्त्रता प्राप्ति को पश्चात उनी अलीगढ़ विश्वविद्यालय को उपकुलपति बने तथा उनकी अध्यक्षता मा ‘विश्वविद्यालय शिक्षा आयोग’ पनि गठित गरियो । यसको अलावा उनी भारतीय प्रेस आयोग, विश्वविद्यालय अनुदान आयोग, यूनेस्को, अन्तर्राष्ट्रीय शिक्षा सेवा तथा केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सँग पनि जोडिरहे। १९६२ ई. मा उनी भारत को उपराष्ट्रपति बने। उनलाई वर्ष १९६३ मा भारत रत्नबाट सम्मानित गरियो । १९६९ मा असमय देहावसान को कारण उनले आफ्नो राष्ट्रपति कार्यकाल पूरा गर्न सकेनन ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
हैदराबाद wd
निधन
wd
निधन स्थान
नयाँ दिल्ली wd
नागरिकता
भारत, ब्रिटिश राज wd
पेशा
राजनीतिज्ञ wd
शिक्षा
अलीगढ़ मुस्लिम विश्वविद्यालय, Humboldt-Universität zu Berlin, इलाहाबाद विश्वविद्यालय wd

सम्हालेका पदहरू wd

  • भारतको राष्ट्रपति (13 मे 1967 – 3 मे 1969)
  • भारतका उपराष्ट्रपति (13 मे 1962 – 12 मे 1967)
  • governor of Bihar (6 जुलाई 1957 – 11 मे 1962)

पुरस्कार wd

  • भारत रत्‍न (1963)
  • Padma Vibhushan in Public Affairs

स्रोतहरू

  1. Wikipedia (English): Zakir Husain · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जाकिर हुसेन · CC BY-SA 4.0
  3. Wikidata item Q144732 · CC0 1.0
  4. Image: President Zakir Husain 1998 stamp of India (cropped).jpg by India Post, Government of India (GODL-India)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जाकिर हुसेन". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/zakir-husain?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जाकिर हुसेन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: President Zakir Husain 1998 stamp of India (cropped).jpg — India Post, Government of India, GODL-India.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व