DigiNepal
शिवराज जोशी
Prahlad Nepal · CC-BY-SA-4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

शिवराज जोशी

Shiv Raj Joshi

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शिवराज जोशी नेपाल सरकारका पूर्व सूचना सञ्चार तथा यातायात मन्त्री हुन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा जोशी तीन पटक मन्त्री बनेका थिए। वि.सं. २०४८ मा निर्माण तथा यातायात सहायक मन्त्री, २०५६ मा जनसंख्या तथा वातावरण राज्यमन्त्री हुँदै २०५६ मै कोइराला मन्त्रीपरिषद्को दोश्रो पुनर्गठन पछि सूचना तथा सञ्चार मन्त्री बनेका उनी तत्कालीन सरकारका प्रवक्ता थिए । नेपाल सरकारको तथ्यांक हेर्दा जोशी करिब ६ वर्ष मन्त्री पदको जिम्मेवारीमा थिए । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका उनि तत्कालीन समयमा संसदीय दलका मुख्य सचेतक समेत बनेका थिए। जोशी सुर्खेत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधित्व गर्छन् भने यहीँबाट तीनपटक निर्वाचित भइ प्रतिनिधि सभामा प्रवेश गरेका थिए । तत्कालीन समयमा २०५१ को मध्यावधि निर्वाचनदेखि २०७० को संविधान सभा निर्वाचनसम्म यो क्षेत्र निर्वाचन क्षेत्र नम्बर-३ थियो । उनी चौकुने गाउँपालिका गुटुका स्थायी बासिन्दा हुन् । उनको जन्म चौकुने कै पहाडी लेखमा रहेको रेक्चा उपत्यकामा भएको थियो ।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाली काँग्रेस wd

सम्हालेका पदहरू wd

  • नेपालको संसदको सदस्य

स्रोतहरू

  1. Wikipedia (English): Shiv Raj Joshi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शिवराज जोशी · CC BY-SA 4.0
  3. Wikidata item Q7499215 · CC0 1.0
  4. Image: Shivraj joshi mantri nepal sarkar.jpeg by Prahlad Nepal (CC-BY-SA-4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शिवराज जोशी". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/shiv-raj-joshi?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शिवराज जोशी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shivraj joshi mantri nepal sarkar.jpeg — Prahlad Nepal, CC-BY-SA-4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व