DigiNepal

रामचन्द्र झा

Ram Chandra Jha

Read in English · हिंदी में पढ़ें

नेकपा-एमाले संविधानसभा दलका प्रमुख सचेतक रामचन्द्र झा धनुषा क्षेत्र नं. १बाट निर्वाचित सभासद हुनुहुन्छ। ५४ वर्षीय झा सो पार्टीका केन्द्रीय सदस्य समेत हुनुहुन्छ। २०४८, २०५१ र २०५६ सालका तीनवटै संसदीय निर्वाचनमा एमालेका उम्मेदवार रहेका झा २०५१ सालमा धनुषा क्षेत्र नं. १बाट निर्वाचित हुनुहुन्थ्यो। उहाँले २०३२ सालबाट राजनीतिक यात्रा शुरु गर्नुभएको हो र यसअघि पार्टीको जनकपुर इन्चार्ज रहिसक्नुभएको छ। पञ्चायतकालमा उहाँले लामो समयसम्म अर्धभूमिगत भएर राजनीति गर्नुभयो। यसक्रममा बेलाबखत पक्राउ परेर हिरासतमा रहे पनि काराबास चाँहि उहाँले भोग्नुपरेको छैन। भारतबाट समाजशास्त्रमा स्नातकोत्तर झा २ छोरीका पिता हुनुहुन्छ। समाजसेवामा उहाँको रुचि छ र व्यक्तिगत तवरमा तथा संघसंस्था मार्फत सामाजिक हितका कार्यमा सक्रिय रहँदै आउनुभएको छ। राष्‍ट्रिय सार्वभौमिकताको रक्षाप्रति संवेदनशील सभासद झा यसअघि जनप्रतिनिधिका रूपमा पुर्‍याएको योगदान र पार्टी एजेण्डा समेतका कारण आफूलाई जनताले संविधानसभा सभासदमा जिताएको बताउनुहुन्छ। संविधानसभामा उहाँले उठाउन चाहेका दुई मुद्दा हुन्- राज्यको पुनः संरचना र गणतन्त्रको संस्थागत विकास।

मुख्य तथ्यहरू

पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेकपा (एकीकृत-समाजवादी) wd

सम्हालेका पदहरू wd

  • संविधानसभा सदस्य

स्रोतहरू

  1. Wikipedia (English): Ram Chandra Jha · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रामचन्द्र झा · CC BY-SA 4.0
  3. Wikidata item Q3418327 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रामचन्द्र झा". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/ram-chandra-jha?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रामचन्द्र झा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व