पृथ्वी सुब्बा गुरुङ नेपालको प्रदेश नम्बर ४ का प्रथम मुख्यमन्त्री हुन्। २०७८ जेठ २७ मा प्रदेश सभाको विश्वासको मत पाउन नसकेपछि सुब्बा पदमुक्त भएका थिए। प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए। २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरिएको छ । प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् भने माओवादीको १२ सांसद छ । दुई दलको दाबीपछि प्रदेश प्रमुख बाबुराम कुँवरले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनी नेकपा एमालेका सचिव समेत रहिसकेकाका छन् । उनको जन्म २०१४ साल फागुन १ गते गङ्गाप्रसाद र चिनी गुरुङका छोराका रूपमा लमजुङ जिल्लामा पर्ने साविकको गिलुङ गाविस-८ टक्सार हाल क्व्होलासोथार गाउँपालिका-९ मा भएको हो ।
मुख्य तथ्यहरू
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- Minister of Communication and Information Technology (देखि 15 जुलाई 2024 · वि.सं. ३१ असार २०८१ देखि)
- नेपालको संसदको सदस्य (देखि 22 डिसेम्बर 2022 · वि.सं. ७ पुष २०७९ देखि)
- Member of the Gandaki Provincial Assembly (1 फेब्रुअरी 2018 – 2 सेप्टेम्बर 2022)
- संविधानसभा सदस्य (28 मे 2008 – 28 मे 2012)
स्रोतहरू
- Wikipedia (English): Prithvi Subba Gurung · CC BY-SA 4.0
- Wikipedia (Nepali): पृथ्वी सुब्बा गुरूङ · CC BY-SA 4.0
- Wikidata item Q50791372 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पृथ्वी सुब्बा गुरूङ". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/prithvi-subba-gurung?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्