
खिलराज रेग्मी नेपालका पूर्व प्रधानमन्त्री हुन्। सर्वोच्च अदालतको प्रधानन्यायाधीश बहाल रहेकै बेला यिनलाई संविधानको बाधा अड्काऊ फुकाउँदै प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको हो। २०६४ सालमा निर्वाचित संविधान सभाले संविधान बनाउन नसकेपछि अन्योगग्रस्त बनेको नेपालको राजनीतिलाई चिर्दै नयाँ संविधान सभाको निर्वाचन गर्ने जिम्मेवारीका साथ राजनीतिक दलहरूको सहमतिमा यिनी अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९को अध्यक्षता गर्दै प्रधानमन्त्री बनाइएका हुन्। रेग्मी २०६८ बैशाख २३ गते नेपालको प्रधानन्यायाधीशको रूपमा नियुक्त भएका थिए। २००६ साल जेठ १८ गते पाल्पा जिल्लामा जन्मेका रेग्मीले २०७१ जेठ १७मा उमेर हदका कारण अवकास पाउनेछन। रेग्मी वि.सं. २०२८ देखि न्यायसेवामा क्रियाशील छन।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- पाल्पा जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- राजनीतिज्ञ, न्यायधिश wd
- शिक्षा
- त्रिभुवन विश्वविद्यालय wd
सार्वजनिक पद
- प्रधानमन्त्री (14 मार्च 2013 – 11 फेब्रुअरी 2014)
सम्हालेका पदहरू wd
- नेपालका प्रधानमन्त्री (14 मार्च 2013 – 11 फेब्रुअरी 2014)
- न्यायधिश
स्रोतहरू
- Wikipedia (English): Khil Raj Regmi · CC BY-SA 4.0
- Wikipedia (Nepali): खिलराज रेग्मी · CC BY-SA 4.0
- Wikidata item Q6401600 · CC0 1.0
- Image: Khilaraj regmi.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खिलराज रेग्मी". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/khil-raj-regmi?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्