DigiNepal

तीर्थ श्रेष्ठ

तीर्थ श्रेष्ठ

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

तीर्थ श्रेष्ठ (वास्तविक नाम तीर्थप्रसाद श्रेष्ठ) नेपाली भाषाका साहित्यकार हुन्। मुख्य रूपले कविता लेख्ने यिनले गीत, गजल, मुक्तक र अन्य विधामा पनि कलम चलाउँछन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
पोखरा wd

परिचय

वि.सं.२०१६ साल कार्तिक १६ गते कास्की जिल्ला, पोखराको सिंहनाथ टोलमा पिता धर्मप्रसाद श्रेष्ठ र माता योगमाया श्रेष्ठको जेठो सन्तानका रूपमा जन्मिएको तीर्थप्रसाद श्रेष्ठ साहित्यिक क्षेत्रमा तीर्थ श्रेष्ठको नामले परिचित छन्। यिनको दुई आमामध्ये अर्की आमा पूर्णलक्ष्मी श्रेष्ठका तर्फ दुई भाइहरू र एक बहिनी छिन्। सरल भाषामा गहन अभिव्यक्ति दिन सक्ने यिनको कविताको शक्ति हो। यिनी एक समाजसेवी व्यक्तित्वका रूपमा पनि परिचित छन्। तीर्थ श्रेष्ठ जति सरल भाषामा कविता लेख्छन् उति नै सरल छ यिनको व्यवहार पनि। यसैले यिनी अग्रजपुस्ता, समकालीन र नयाँ पुस्ताबीच उत्तिकै घुलमिल हुन्छन्। पोखरामा सरूभक्त र तीर्थ श्रेष्ठ साहित्यको पर्यायवाची नाम हुन्। सँगसँगै हुर्किएका यिनीहरूले पोखरामा साहित्यक्षेत्रमा मियोका रूपमा सँगसँगै कार्य गरिरहेका छन्। वि.सं. २०३४ सालमा स्थापना भएको पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) मा तीर्थ श्रेष्ठ वि.सं. २०३५ सालमा प्रवेश गरेर वि.सं. २०४० सालमा अध्यक्ष बनेका थिए। पोखराको प्रज्ञा प्रतिष्ठानको रूपमा चिनिने पोयुसांपमा यिनले ३ पटक अध्यक्षको रूपमा योगदान दिए। हाल उनी यस संस्थाको सल्लाहकार छन्। वि.सं. २०४० सालमा फणिन्द्र नेपाल र विनय रावलसँग मिलेर यिनी तरलतावादी आन्दोलनमा पनि लागे। तीर्थ श्रेष्ठका कवितासङ्ग्रह 'तीर्थ श्रेष्ठका कविताहरू', 'जिन्दगीको कुरुक्षेत्रबाट', महाभारतका गीतहरू मुक्तक सङ्ग्रह र मेरै हिमालजस्तो गीत सङ्ग्रह प्रकाशित छन्। श्रेष्ठ राष्ट्रिय प्रतिभा पुरस्कार, युवा वर्ष मोती पुरस्कार , भूपि काव्य पुरस्कार वासुशशी स्मृति पुरस्कार, पहलमान सिंह स्वाँर साहित्य प्रतिभा पुरस्कार, शिरोमणि पुरस्कार , प्रवल जनसेवा श्री पदक आदिबाट पुरस्कृत तथा सम्मानित भएका छन्।

बहुआयमिक व्यक्तित्वका धनी साहित्यकार तीर्थ श्रेष्ठ समाजसेवी, संस्कृतिकर्मी तथा व्यवसायीको रूपमा पनि परिचित छन्। पहिलोपटक गठित सङ्गीत-नाट्य प्रज्ञा प्रतिष्‍ठानमा यिनी सदस्य-सचिवको रूपमा आफ्नो भूमिका निर्वाह गरिसकेका यिनी पोखरेली युवा सांस्कृतिक परिवार, विन्धवासिनी धार्मिक क्षेत्र विकास समिति, संगीत प्रशिक्षण केन्द्रमा संलग्न छन्। यिनको चर्चित कविता आमा नेपथ्यका अमृत गुरूङ्ले गाएका छन्। आमा, हिउँमा लेखिएका नामहरू, लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु आदि कवि श्रेष्ठका चर्चित कविताहरू मध्ये केही कविताहरू हुन्।

स्रोतहरू

  1. Wikipedia (English): तीर्थ श्रेष्ठ · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): तीर्थ श्रेष्ठ · CC BY-SA 4.0
  3. Wikidata item Q63559289 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"तीर्थ श्रेष्ठ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q63559289?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख तीर्थ श्रेष्ठ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व