DigiNepal
Englishनेपाली

राहदानी सम्बन्धी

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
१. राहदानी अावेदन फाराम २ प्रति भरी फाेटाे समेत टाँसी स्वयम् अावेदकले सही गरी निम्न प्रमाणसाथ पेश गर्नुपर्नेः क. नागरिकताकाे सक्कल र फाेटाेकपी । ख. ४ प्रति पासपाेर्ट साइजकाे फाेटाे । ग. हस्तलिखित राहदानी हराएकाे हकमा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना र प्रहरी प्रतिवेदन । घ. केरमेट भएकाे वा म्याद सकिएकाे भए त्यस्ताे सक्कलै राहदानी । ङ. बसाईंसराई सरी अाएकाकाे हकमा बसाईंसराईकाे प्रमाण र स्थायी बसाेबास खुल्ने जग्गाधनी / घरबासकाे प्रमाण । च. विवाह भै अाएकाे महिलाकाे हकमा विवाह दर्ता प्रमाण र पतिकाे नागरिकता । छ. कर्मचारी वा कर्मचारी परिवारकाे हकमा कार्यालयकाे सिफारिस समेत ।
शुल्क
सामान्य प्रक्रियाकाे लागि रु ५००० ।- द्रुत राहदानी सेवाकाे लागि विभागमा नै रु १०,०००।- राजश्व बुझाउनुपर्नेछ ।
लाग्ने समय
राहदानी विभागबाट प्राप्त हुनासाथ ।
काउन्टर / कोठा
शाखा
जिम्मेवार
प्र.अ. / शाखा हेर्ने ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-23) · जाँचिएको 19 Oct 2026

अन्य कार्यालय: राहदानी →