नाबालक परिचयपत्रकाे लागि .
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, स्याङ्जा
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- १. ताेकिएकाे ढाँचा बमाेजिमकाे निवेदन फाराम र सिफारिस । २. बाबु र अामाकाे सक्कलै नागरिकता र त्यसकाे फाेटाेकपी । ३. अामा बुवाकाे विवाह दर्ता प्रमाणपत्र । ४. बाबु अामासँगकाे नाता प्रमाणित । ५. बच्चाकाे जन्मदर्ता र त्यसकाे फाेटाेकपी । ६. बसाईंसराई गरी अाउनेकाे हकमा बसाईंसराईकाे प्रमाणपत्र र स्थायी बसाेबास गरेकाे खुल्ने प्रमाण जस्तै लालपुर्जा, विजुली, पानी अादिकाे महशुल कार्ड । ७. कर्मचारी परिवारकाे लागि कार्यालयकाे सिफारिस । ८. बच्चाकाे ३ प्रति पासपाेर्ट साइजकाे फाेटाेकपी । ९. सनाखत गर्नकाे लागि नाता खुल्ने परिवारकाे सदस्य वा नातेदार सक्कलै नागरिकता सहित उपस्थित हुनुपर्नेछ । १०. नाबालिक परिचयपत्र हराई वा झुत्राे भई प्रतिलिपी लिनुपर्ने भएमा सिफारिस सहितकाे निवेदन तथा सक्कलै झुत्राे तथा व्यहाेरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ ।
- शुल्क
- रु १० काे टिकट
- लाग्ने समय
- प्रमाण पुगेकै दिन ।
- काउन्टर / कोठा
- शाखा
- जिम्मेवार
- प्र.अ./ शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-23) · जाँचिएको 19 Oct 2026