DigiNepal

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन सदस्य नियुक्त

Picture published with this update

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन जना नियुक्त गरेको छ। मन्त्रालयले अस्पताल विकास समितिको अध्यक्षमा भीमकान्त लामिछाने तथा सदस्यमा मधु न्यौपाने र सञ्जय पाण्डेलाई नियुक्त गरेको हो।
नवनियुक्त अध्यक्ष तथा सदस्यहरुले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

Images 3

Related updates

All updates