DigiNepal

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

Office of the Prime Minister and Council of Ministers · Posted by Moti Khanal
Published

२०८३ असोज ५ गते ।

काठमाडौं । कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ल्याएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ ।

सङ्क्रामक पशु तथा माछाजन्य रोगको रोकथाम, नियन्त्रण, निवारण तथा उन्मूलन गर्दै पशु स्वास्थ्य, जनस्वास्थ्य र वातावरणीय स्वास्थ्य संरक्षण गर्ने उद्देश्यसहितको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट पारित भएको छ ।
विधेयकले सङ्क्रामक पशु रोगबाट हुन सक्ने क्षति न्यूनीकरण, रोग नियन्त्रणमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा पशु तथा पशुजन्य पदार्थको सुरक्षित व्यापार प्रवर्द्धनका लागि कानुनी आधार तयार गर्नेछ ।

Source: National Portal of Nepal (nepal.gov.np). DigiNepal mirrors public updates from the National Portal for easier reading and discovery. DigiNepal is an independent service and is not affiliated with, or endorsed by, the National Portal of Nepal or the offices that publish there. Always check the source for the authoritative version.

More official updates