DigiNepal

बाढीले क्षतिग्रस्त नुवाकोटको पिमलटार-जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण सम्पन्न

Office of the Prime Minister and Council of Ministers · Posted by Moti Khanal
Published

बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी ६ स्थित पिमलटार-जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मतको कार्य सम्पन्न भएको छ ।

पूर्वाधार विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गतको सस्पेन्सन बृज डिभिजन, ललितपुरबाट बटारिएको लठ्ठा सिध्याउने, Sag Setting, Hand Rail Cable परिवर्तन तथा नयाँ Steel Deck र Beam जडानको काम सम्पन्न भएको हो । जाली राखेसँगै २ दिनभित्र आवतजावत सूचारु हुनेछ ।

रसुवा बाढी पछि हालसम्मको प्रगति :

१) ४ वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको

- इन्द्रेणीचौर र गुम्बाडाँडा जोड्ने त्रिशुली, नुवाकोट, Motorized गरिएको ।
- देविघाट, विदुर नगरपालिका ५, नुवाकोट।
- स्याफ्रुबेँसी-चिलिमे जलविद्युत् आयोजना, गोसाइँकुण्ड गाउँपालिका ५ र ६, रसुवा।
- हाकुबेंसी, गोसाइँकुण्ड गाउँपालिका ६ र आमाछोदिङ्मो गाउँपालिका १, रसुवा।

२) थप ३ वटा तुइन जडानको तयारी

- पैरेबेँसी, उत्तरगया गाउँपालिका ४, रसुवा र किस्पाङ गाउँपालिका ५, नुवाकोट जोड्ने स्थानमा तुइन निर्माणका लागि विवादित स्थलमा सहमति जुटेको।
- स्याफ्रुबेँसी-लाङटाङ, गोसाइँकुण्ड गाउँपालिका ३ र ४, रसुवा (माइन एरिया भएकाले स्थान परिवर्तन गर्नुपर्ने)।
- रुङ्गा, रसुवा (रेकी भइरहेको)।

३) बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न हुने चरणमा

- कालिकास्थान झोलुङ्गे पुल, सिद्धलेक-६, गजुरी १, धादिङ।
- मालिङ्गा-मझुवाटार दोभान झोलुङ्गे पुल, सिद्धलेक ३ र बेनीघाट रोराङ ३, धादिङ।
- महेशदोभान मास्टर झोलुङ्गे पुल, गल्छी १ र गल्छी ६, धादिङ।
- केउरेनी-गहते झोलुङ्गे पुल, बेलकोटगढी ५, नुवाकोट, गल्छी १, धादिङ।
- पिमलटार-जागाराम झोलुङ्गे पुल, बेलकोटगढी ७, तारकेश्वर २, नुवाकोट।
- चिरौंदी खोला झोलुङ्गे पुल, गल्छी २ र ४, धादिङ।
- शीतलबजार-क्यूरेनीटार झोलुङ्गे पुल, गल्छी २ र ४, धादिङ।
- बेल्खु–भुतिया झोलुङ्गे पुल, गल्छी २ र ४, धादिङ।
- बादरे झोलुङ्गे पुल, गण्डकी ८, गोरखा, बेनीघाट रोराङ गाउँपालिका ५, धादिङ।
- महादेवस्थान झोलुङ्गे पुल, गल्छी २ र ४, धादिङ।
- फोस्रेटार झोलुङ्गे पुल, बेलकोटगढी ५, नुवाकोट, गल्छी १, धादिङ।
- जिलिङ झोलुङ्गे पुल, बेलकोटगढी ८, नुवाकोट।
- धवादीघाट झोलुङ्गे पुल, गण्डकी–७, गोरखा, बेनीघाट रोराङ गाउँपालिका-७, धादिङ।

४) बाढीबाट क्षतिग्रस्त बाँकी ७ वटा झोलुङ्गे पुलको मर्मत कार्य सुरु भएको

- आवश्यक स्टिल पार्ट्स खरिदका लागि टेन्डर भइसकेको।

५) झोलुङ्गे पुल मर्मतका लागि आवश्यक स्टिल पार्ट्सको व्यवस्थापन

- पहिलो चरणमा आवश्यक स्टिल पार्ट्सको खरिद सम्पन्न भएको।
- दोस्रो चरणमा आवश्यक स्टिल पार्ट्स खरिदका लागि सम्झौता भएको।

६) बाढीबाट पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुलको पुनर्निर्माण

- ३३ वटा झोलुङ्गे पुल पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्ने कार्य अन्तिम तयारीमा रहेको।

Source: National Portal of Nepal (nepal.gov.np). DigiNepal mirrors public updates from the National Portal for easier reading and discovery. DigiNepal is an independent service and is not affiliated with, or endorsed by, the National Portal of Nepal or the offices that publish there. Always check the source for the authoritative version.

More official updates