DigiNepal

माध्यमिक स्तर पर स्वास्थ्य शिक्षा विषय को अनिवार्य बनाने के लिए हितधारकों के साथ चर्चा

मशीन अनुवाद मूल देखें

मूल शीर्षक: माध्यमिक तहमा स्वास्थ्य शिक्षा विषय अनिवार्य गर्न सरोकारवालाहरूसँग छलफल

आज स्वास्थ्य एवं खाद्य स्वच्छता मंत्रालय में पाठ्यक्रम विकास से संबंधित विषय पर हितधारकों के साथ चर्चा हुई। बैठक में माध्यमिक स्तर के पाठ्यक्रम में स्वास्थ्य...

Picture published with this update

आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पाठ्यक्रम विकाससँग सम्बन्धित विषयमा सरोकारवालासँग छलफल गरियो । उक्त बैठकमा माध्यमिक तहको पाठ्यक्रममा स्वास्थ्य विषयलाई कक्षा दशसम्म अनिवार्य रूपमा समावेश गर्नुपर्ने विषयमा स्पष्ट धारणा राखिएको छ।
मानव स्वास्थ्य ऐच्छिक हुन नसके झै अध्ययन गर्ने विषयमा स्वास्थ्य ऐच्छिक होइन, जीवनको आधार हो। स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान, व्यक्तिगत सरसफाइ, पोषण, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, रोगको रोकथाम तथा स्वस्थ जीवनशैलीबारे विद्यालय तहदेखि नै विद्यार्थीलाई सचेत बनाउनु मात्रै नभई व्यवहारमै परिवर्तन आउने गरी सिपमूलक शिक्षा आवश्यक छ। स्वास्थ्यसम्बन्धी ज्ञानले व्यक्तिलाई मात्र होइन, परिवार र समग्र समाजलाई नै स्वस्थ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
त्यसैले, माध्यमिक तहको पाठ्यक्रममा स्वास्थ्य विषयलाई अनिवार्य विषयका रूपमा समावेश गर्न मन्त्रालयले जोड दिएको छ। स्वस्थ, सचेत र जिम्मेवार नागरिक निर्माणको सुरुवात विद्यालयबाटै हुनुपर्छ। स्वास्थ्य शिक्षालाई पाठ्यक्रमको प्राथमिकतामा राख्नु आजको आवश्यकता हो। समग्र विकासको लक्ष्य नै स्वास्थ्य र खुसी नागरिक निर्माण हो त्यसैले यसको जग विद्यालय तहबाटै निर्माण गर्नुपर्दछ ।

चित्र 2

संबंधित अपडेट

सभी अपडेट