DigiNepal

हिमालय के इलाकों में एक-दो स्थानों पर हल्की बारिश और बर्फबारी की संभावना

मशीन अनुवाद मूल देखें

मूल शीर्षक: हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनना

मौसम पूर्वानुमान प्रभाग ने उच्च पर्वतीय क्षेत्र में एक या दो स्थानों पर हल्की बारिश और बर्फबारी के साथ आज देश के कुछ हिमालयी और पहाड़ी इलाकों में आंशिक बदलाव की भविष्यवाणी की है।

देशका केही हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली रहने र उच्च हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

​महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

​त्यस्तै, आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ । रातिको समयमा कोशी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।

​यसैगरी, तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

बिहानको समयमा देखिन सक्ने हुस्सु र कुहिरो तथा हिमाली क्षेत्रमा हुन सक्ने सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    संबंधित अपडेट

    सभी अपडेट